छानविन समितिलाई सहयोग गर्न गृहको आग्रह « Khabarhub

छानविन समितिलाई सहयोग गर्न गृहको आग्रह


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुधबार राति विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा भएको भनी प्रकाशित भिडियोबारे अध्ययन गर्न बनेको छानविन समितिलाई सहयोग गर्न गृहमन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी यस्ता विषयमा शीघ्र छानविनमार्फत सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । “पछिल्लो घटनाका सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको संयोजकत्वमा छानविन समिति गठन गरिएको र समितिबाट छानविनसमेत सुरु भइरहेको अवस्था छ, उक्त समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्नुहुन मन्त्रालय सबैमा अनुरोध गर्दछ”, गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले शुक्रबार गठन गरेको उक्त छानविन समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का छन् ।  समितिले शुक्रबारबाटै काम सुरु गरेको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उक्त सामग्रीका सन्दर्भमा बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदबाट उठाइएको र सभामुखले रुलिङ गर्नुभएको तथा नागरिक समाजबाट कारवाहीका लागि प्रदर्शन एवं दबाबका सम्बन्धमा गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सो घटनामा पीडक भनिएका मनोज पाण्डे पक्राउ परिसकेका छन् । पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेको हो । किशोरीको न्यायका लागि र दोषीमाथि कारबाहीको माग गर्दै राजधानीलगायतका मुख्य शहरहरूमा प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ७ : ०६ बजे

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद