सिराहाको मिर्चैया नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित « Khabarhub

सिराहाको मिर्चैया नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिराहाको मिर्चैया नगरपालिकामा मेयर र उपमेयर नेकपा माओवादी केन्द्रले पुनः जितेको छ । निर्वाचन अधिकृतको कार्यालय मिर्चैयाले शनिबार बिहान निवर्तमान मेयर श्रवणकुमार यादव र उपमेयरमा जीवछी देवीलाई निर्वाचित भएको घोषणासहित प्रमाण पत्रसमेत दिएको छ ।

उनीहरू दुवै जना नेकपा माओवादी केन्द्रबाटै २०७४ को स्थानीय तह निर्वाचनमा सोही पदमा निर्वाचित भएका थिए । मिर्चैयाका निवर्तमान मेयर समेत रहेका यादव ५२३ मतान्तरसहित ५ हजार २३३ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सिताराम यादवले ४ हजार ७१० मत ल्याउँदा नेकपा एमालेका प्रतिप महासेठले ३ हजार ७०४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा निर्वाचित जीवछी देवीले ४४ मतान्तरसहित कांग्रेसकी अनिता साहलाई पराजित गरेकी छन् । उनले ५ हजार ७० मत ल्याएकी छन् भने निकटतम प्रतिस्पर्धी साहले ५ हजार २६ मत र नेकपा एमालेका सोभा देवी साहले ३ हजार ८७७ मत प्राप्त गरेकी छन् ।

कुल १२ वडा रहेको मिर्चैयामा एमालेले ५, माओवादी केन्द्रले ४ जनमत पार्टी, नेपाली काँग्रेस र स्वतन्त्रले १/१ वडा जितेका छन् ।

मतगणना सकिएको लामो समयसम्म पनि विजय घोषणा नगरेपछि नेकपा माओवादीका नेता कार्यकर्ताहरूले मत परिणाम घोषणा गर्न दबाब दिनु परेको थियो । शुक्रबार अपराह्न ५ बजे नै मतगणना सकिए पनि परिणाम घोषण रोकिएपछि सञ्चारकर्मी र नेताहरूको आग्रहपछि आज शनिबार बिहानमात्र निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित परिणाम घोषणा गरेका थिए ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ७ : २० बजे

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद