हावाहुरी र चट्याङबाट मुलुकका विभिन्न जिल्लामा पाँच जनाको मृत्यु « Khabarhub

हावाहुरी र चट्याङबाट मुलुकका विभिन्न जिल्लामा पाँच जनाको मृत्यु


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा हावाहुरी सहितको वर्षा र चट्याङबाट मुलुकका विभिन्न जिल्लामा पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहुरीका कारण चितवनमा तीन र चट्याङ लागेर खोटाङ र सुनसरीमा एक – एक जनाको मृत्यु भएको हो ।

यस्तै हावाहुरीका कारण घाइते हुनेमा चितवनमा दुई, कैलालीमा आठ र चट्याङबाट प्यूठानमा एकजना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न १२ जिल्लामा १८ वटा विपद्जन्य घटना भएकामा पाँच जिल्लामा बढी धनजनको क्षति भएको जनाइएको छ । भौतिक क्षतिको भने विवरण आइसकेको छैन । कतिपय ठाउँमा रूख, पोल ढलेर राजमार्ग अवरुद्ध भएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ११ : २२ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका