झापाको अर्जुनधारा नगरपालिकाको मेयरमा एमालेका तामाङ विजयी « Khabarhub

झापाको अर्जुनधारा नगरपालिकाको मेयरमा एमालेका तामाङ विजयी


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झापा जिल्लाको अर्जुनधारा नगरपालिकामा संयुक्त गठबन्धनलाई पछि पार्दै नेकपा (एमाले) का उम्मेदवार बलदेव सिंह गोम्देन तामाङ मेयर पदमा निर्वाचित भएका छन् ।

तामाङले संयुक्त गठबन्धनको उम्मेदवार नेपाली कांग्रेसकी युवा नेत्री रञ्जिता कार्कीलाई पराजित गरेका हुन् । नगरप्रमुखमा निर्वाचित तामाङले १९ हजार १६९ मत प्राप्त गरे भने कार्कीले १३ हजार ७४३  मत प्राप्त गरिन् ।

यता उपप्रमुख पदमा समेत एमालेबाट नै खड्गमाया पराजुली निर्वाचित भइन् । उनले १७ हजार ६ सय ३७  मत प्राप्त गरिन् ।

संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का जितेश योञ्जनले नौ हजार ७१  मत प्राप्त गरे । २०७४ सालमा भएको निर्वाचनमा समेत अर्जुनधारा नगरपालिकामा एमाले नै जित हासिल गरेको थियो ।

प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको एमालेले यो पटक पनि दुवै पद आफैँले सुरक्षित गरेको छ । ११ वटा वडा रहेको यो नगरमा वडा नं १ मा उपेन्द्र बस्नेत, २ मा नरेन्द्रकुमार श्रेष्ठ, ३ मा सीताराम भट्टराई, ४ मा अम्बरबहादुर कटुवाल, ५ मा गीताराज खड्का, ६ मा हरिशचन्द्र वास्तोला कांग्रेसबाट निर्वाचित भए ।

त्यस्तै वडा नं ७ मा एमालेका गोविन्द प्रसाद खतिवडा, ८ मा एमाले कुमारप्रसाद उप्रेती, ९ मा कांग्रेसबाट भीष्म मिश्र, १० मा एमालेका भुपेन्द्र न्यौपाने र ११ मा एमालेबाट नै खगेन्द्र इङ्नाम निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ११ : ४२ बजे

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको