एन्फा अध्यक्षमा नेम्वाङ विजयी भएपछि अलमुताएरी नेपाल नफर्किने संकेत « Khabarhub

एन्फा अध्यक्षमा नेम्वाङ विजयी भएपछि अलमुताएरी नेपाल नफर्किने संकेत


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएपछि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल नफर्किने संकेत गरेका छन्।

सोमबार भएको निर्वाचनमा कर्माछिरिङ शेर्पालाई पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित भए लगत्तै अलमुताइरीले सामाजिक सञ्जालमार्फत् यस्तो संकेत गरेका हुन्।

सोमबार नेम्बाङ निर्वाचित भएपछि इन्स्टाग्राममा स्टोरी राख्दै उनले नेपाल नफर्किने संकेत गरेका हुन्। गत वर्ष साउनमा अलमुतारइरीले नेम्बाङको कारण आफूले राजीनामा घोषणा गरेका थिए। उनले सामाजिक सञ्चालबाट राजीनामा घोषणा गरे पनि राजीनामा भने दिएका थिएनन्।

प्रशिक्षक अलमुताइरी र खेलाडीबीच विवाद छ। प्रशिक्षकको व्यवहारप्रति असन्तुष्ट १० खेलाडीले वैशाख १० गते प्रशिक्षण नै छोडेका थिए।

आफ्नो पक्षमा बोल्ने व्यक्ति अध्यक्ष पदमा पराजित भएपछिएएफसी एसियन कप छनोटका लागि कुवेत पुगेका अलमुताइरीले नेपाल नफर्किने संकेत गरेका हुन्।

उनले उक्त पोस्ट भने केही समयपछि नै सामाजिक सञ्जालबाट हटाएका छन्।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : १९ बजे

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६