जापानको अदालतले भन्यो – ‘समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक होइन’ « Khabarhub

जापानको अदालतले भन्यो – ‘समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक होइन’


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानको एक अदालतले समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक नभएको फैसला गरेको छ ।

ओसाकाको जिल्ला अदालतले यस्तो फैसला गरेको हो । पछिल्लो फैसलाले एलजीबीटीक्यू अधिकारलाई ठूलो धक्का दिएको छ । यसअघि तीन जना समलिंगी जोडीले ओसाका जिल्लामा मुद्दा दायर गर्दै १० लाख यन क्षतिपूर्ति मागेका थिए ।

विवाह गर्न नसक्ने उनीहरुको दाबीलाई अस्वीकार गर्दै अदालतको फैसलामा भनिएको छ, ‘व्यक्तिगत मर्यादाको परिप्रेक्ष्यमा हेर्दा समलिंगी जोडीलाई आधिकारिक मान्यताको माध्यमबाट सार्वजनिक रूपमा मान्यता दिइने फाइदा महसुस गर्न आवश्यक छ । ’

जापानको संविधान अनुसार विवाहलाई दुवै लिंगको पारस्परिक सहमतिको आधारमा परिभाषित गरिएको छ । जापान समलिंगी विवाहलाई अनुमति नदिने एक मात्र जी ७ देशका समूहको सदस्य हो । जनमत सर्वेक्षणले धेरैजसो सर्वसाधारण जापानमा समलिंगी विवाहलाई अनुमति दिने पक्षमा रहेको देखाएको छ ।

टोकियोसहित धेरै क्षेत्रले समलिंगी जोडीहरूलाई सम्पत्ति भाडामा दिनका लागि सहयोग गर्न साझेदारी प्रमाणपत्र जारी गर्न थालेका छन् ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : २७ बजे

ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

जनस्वास्थ्य संकट बन्दै विषालु च्याउः हरेक वर्ष कतिले गुमाउँछन् ज्यान ?

वर्षायाम सुरु भएसँगै आकाशबाट पानी पर्दा खेती किसानी गर्ने वर्गलाई

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको तयारी (तस्बिरहरू) 

काठमाडौं- चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको