विकास ऋणपत्रको ब्याजदर हालसम्मकै उच्च, १५ अर्बको निष्कासन « Khabarhub

विकास ऋणपत्रको ब्याजदर हालसम्मकै उच्च, १५ अर्बको निष्कासन


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले निष्कासन गर्ने विकास ऋणपत्रको ब्याजदर हालसम्मकै उच्च भएको छ । वित्तीय क्षेत्रमा देखिएको तरलता तथा कर्जा लगानीयोग्य रकम अभावको असरले विकास ऋणपत्रको ब्याजदर पनि बढेको हो ।

आज मंगलबार पनि नेपाल राष्ट्र बैंकले ‘विकास ऋणपत्र २०८४’ नामक ५ वर्ष अवधिको १५ अर्ब रुपैयाँ बरावरको विकास ऋणपत्र निष्कासन गर्दै छ । सो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । सर्वसाधारण लगानीकर्ताबाट भने विगतमा विकास ऋणपत्र खरिदमा खासै चासो देखाएको देखिँदैन ।

अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने उक्त ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र धितो राखेर कर्जा लिन दिन सकिने छ । ऋणपत्रमा प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सकिने छ । प्रतिस्पर्धीको लागि ८५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र अप्रतिस्पर्धीको लागि १५ प्रतिशत अर्थात् दुई अर्ब २५ करोड रुपैयाँ छुटाइएको छ ।

अनुत्पादक क्षेत्रमा विस्तार भएको उच्च लगानीका कारण बढेको वित्तीय क्षेत्रको तरलता अभावको समस्याले समग्र वित्तीय क्षेत्रको ब्याजदर बढाएको छ । बैंकहरूले कर्जा लगानी गर्न सक्ने अवस्थासमेत नभएपछि ऋणको माग कम गर्न नेपाल राष्ट्र बैंकले नीतिगत रूपमै ब्याजदर बढाएको छ ।

विकास ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने भए पनि ब्याजदर ९ प्रतिशतभन्दा माथि पुगेको हो । यसभन्दा अघि २४ जेठमा नेपाल राष्ट्र बैंकले निष्कासन गरेको १५ अर्ब रुपैयाँ बरावरको विकास ऋणपत्रमा ५१ अर्ब ३९ करोड रुपैयाँ बरावरको आवेदन परेको थियो । चार वर्षको अवधिमा परिपक्व हुने ऋणपत्रको कट अफ रेट ९.२० प्रतिशत कायम भएको छ । यो कट अफ रेट ०७० यताकै उच्च हो ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १ : १९ बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न