शनिबारदेखिको अविरल वर्षाका कारण चीनमा झण्डै ५ लाख मानिस प्रभावित « Khabarhub

शनिबारदेखिको अविरल वर्षाका कारण चीनमा झण्डै ५ लाख मानिस प्रभावित


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अविरल वर्षाका कारण पूर्वी चीनको जियाङ्सी प्रान्तमा झण्डै ५ लाख मानिसहरु प्रभावित भएका छन् । प्रान्तमा करिब ४८५,००० बासिन्दाहरू अविरल वर्षाबाट प्रभावित भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

जियाङ्सीको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले बाढी नियन्त्रणको आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति समेत गरेको छ ।

शनिबार दिउँसो ३ बजेदेखि जारी भारी वर्षा र बाढीका कारण जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार ३०० हेक्टर बाली प्रभावित भएको छ ।

मुख्यालयका अनुसार बाढीबाट ४७ करोड युआन अर्थात् करिब ७ करोड अमेरिकी डलर प्रत्यक्ष आर्थिक क्षति पुगेको छ।

स्थानीय मौसम विभागले मङ्गलबार जियाङ्सीमा वर्षा अलिकति कमजोर भए पनि यसको दक्षिणी र पूर्वी भागमा भारी वर्षाको चेतावनी दिएको छ । वर्षाको प्रभाव बुधबार उत्तरमा याङ्जी नदीतर्फ सर्ने सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  २ : २० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना