मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (फोटोफिचर) « Khabarhub

मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (फोटोफिचर)


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जिल्लाका विभिन्न स्थानमा औपचारिक तथा अनौपचारिक कार्यक्रम गरि मंगलबार आठौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । प्राकृतिक चिकित्सालय वागेश्वरीले आयोजना गरेको योग दिवसको कार्यक्रममा योग प्रशिक्षण दिनुका साथै यसको महत्वबारे जानकारी दिइएको थियो ।

Avatarकार्यक्रममा पूर्वशिक्षि मन्त्री गिरीराजमणि पोखरेलको सहभागिता रहेको थियो । जीवनलाई सुखमय र उत्पादनशील बनाउन योगले ठूलो योगदान गर्ने पोखरेलले बताए । योग नेपालको पहिचानसँग सम्बन्धित भएकाले योगको स्वामित्व नेपालले लिनुपर्ने उनको भनाइ छ ।

‘योगलाई संगठित रुपमा पठनपाठनसँग जोडेर लगियो भने हाम्रो देशलाई समृद्धिको दिशामा लैजान सकिन्छ’, उनले भने । विद्यालय शिक्षा र प्राविधिक शिक्षामा योगको पाठ्यक्रम सुरु भइसकेको भन्दै उनले योगलाई युवा पुस्ताले अभियानका रुपमा लैजान सक्ने बताए । उनी शिक्षामन्त्री भएका बेला योगलाई पाठ्यक्रममा समावेश गरिएको थियो ।

Avatarयोग गुरु नानीराम दाहालले योग प्रशिक्षण दिए । विभिन्न देशमा पुगेरसमेत प्रशिक्षण दिएका दाहालले हरेक व्यक्तिले आफ्नो स्वास्थ्यका लागि दैनिक एक घण्टा योग गर्नु उपयुक्त हुने बताउँछन् ।

Avatar‘शरीरलाई असर नपर्नेगरी जुन आसनमा योग गर्दा पनि हुन्छ’, उनी भन्छन्, ‘योग गर्दा हरेक अंगको व्यायाम हुन जरुरी छ । सुतेर, उठेर, बसेर जसरी पनि योग गर्न सकिन्छ ।’ बिहानको समयमा योग गर्दा शरीरलाई फाइदा पुग्ने उनी बताउँछन् ।

राति निन्द्रा नलाग्ने व्यक्तिले साँझपख पसिना बन्नेगरि योग गर्दा मन शान्त हुने र निन्द्रा नियमित रुपमा लाग्ने उनले बताए । पछिल्लो समय विश्वका कयौँ देशका नागरिकले योगलाई अवलम्बन गर्न थालेका छन् ।AvatarAvatarAvatarAvatarAvatar

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ३ : १६ बजे

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

रेनु दाहालद्वारा चितवन–३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– चितवन क्षेत्र नम्बर ३ मा नेकपाका उम्मेदवार रेनु दाहालले