मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (फोटोफिचर) « Khabarhub

मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (फोटोफिचर)


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जिल्लाका विभिन्न स्थानमा औपचारिक तथा अनौपचारिक कार्यक्रम गरि मंगलबार आठौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । प्राकृतिक चिकित्सालय वागेश्वरीले आयोजना गरेको योग दिवसको कार्यक्रममा योग प्रशिक्षण दिनुका साथै यसको महत्वबारे जानकारी दिइएको थियो ।

Avatarकार्यक्रममा पूर्वशिक्षि मन्त्री गिरीराजमणि पोखरेलको सहभागिता रहेको थियो । जीवनलाई सुखमय र उत्पादनशील बनाउन योगले ठूलो योगदान गर्ने पोखरेलले बताए । योग नेपालको पहिचानसँग सम्बन्धित भएकाले योगको स्वामित्व नेपालले लिनुपर्ने उनको भनाइ छ ।

‘योगलाई संगठित रुपमा पठनपाठनसँग जोडेर लगियो भने हाम्रो देशलाई समृद्धिको दिशामा लैजान सकिन्छ’, उनले भने । विद्यालय शिक्षा र प्राविधिक शिक्षामा योगको पाठ्यक्रम सुरु भइसकेको भन्दै उनले योगलाई युवा पुस्ताले अभियानका रुपमा लैजान सक्ने बताए । उनी शिक्षामन्त्री भएका बेला योगलाई पाठ्यक्रममा समावेश गरिएको थियो ।

Avatarयोग गुरु नानीराम दाहालले योग प्रशिक्षण दिए । विभिन्न देशमा पुगेरसमेत प्रशिक्षण दिएका दाहालले हरेक व्यक्तिले आफ्नो स्वास्थ्यका लागि दैनिक एक घण्टा योग गर्नु उपयुक्त हुने बताउँछन् ।

Avatar‘शरीरलाई असर नपर्नेगरी जुन आसनमा योग गर्दा पनि हुन्छ’, उनी भन्छन्, ‘योग गर्दा हरेक अंगको व्यायाम हुन जरुरी छ । सुतेर, उठेर, बसेर जसरी पनि योग गर्न सकिन्छ ।’ बिहानको समयमा योग गर्दा शरीरलाई फाइदा पुग्ने उनी बताउँछन् ।

राति निन्द्रा नलाग्ने व्यक्तिले साँझपख पसिना बन्नेगरि योग गर्दा मन शान्त हुने र निन्द्रा नियमित रुपमा लाग्ने उनले बताए । पछिल्लो समय विश्वका कयौँ देशका नागरिकले योगलाई अवलम्बन गर्न थालेका छन् ।AvatarAvatarAvatarAvatarAvatar

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ३ : १६ बजे

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा