शिल्पाले स्विकारिनन् ‘अपने २’ ? « Khabarhub

शिल्पाले स्विकारिनन् ‘अपने २’ ?


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुनै समय बलिउडमा हिट अभिनेत्रीको ट्याग पाएकी शिल्पा शेट्टीको अहिलेको समय ठीकठाक छैन । टेलिभिजन शोमा जज बन्दै पुनः दर्शकसामु उदाएकी शिल्पाले दर्शक माझ पहिचान बनाइन । यद्यपि उनलाई पैसा तिरेर उनको फिल्म हलसम्म पुगेर हेर्ने कष्ट दर्शकले गरेनन् । ‘हंगामा २’ मार्फत ठूलो पर्दामा कम ब्याक गरेकी शिल्पाले दोस्रो फिल्म ‘निकम्मा’ मा पनि सफलता पाउन सकिनन् ।

शिल्पालाई दोस्रो फिल्म ‘निकम्मा’ ले पनि निराश बनाएको छ । ५० करोड हाराहारी लगानीमा बनेको यो फिल्मले पहिलो दिन ७५ लाखको व्यापार गरेको थियो । प्रदर्शनको चौथो दिनसम्ममा यो फिल्मले पनि जम्मा २ करोडको व्यापार गरेको समाचार छ । रियालिटी शो मा पुग्ने बलिउडकर्मी र दर्शकले दिने प्रतिक्रियाले हौसिएकी शिल्पा पुनः सानो पर्दामै क्रियाशील हुने सङ्केत देखिएको छ । उनी ठुलो पर्दामा पाइरहेको असफलताले बलिउड यात्रालाई सिरिज तर्फ मोड्ने सङ्केत गरेको छ ।

शिल्पाले आफूद्वारा अभिनीत फिल्म ‘अपने’ को सिक्वेलमा काम नगर्ने सङ्केत गरेकी छिन् । धर्मेन्द्र, सनी देओल र बबी देओलको अभिनय रहने फिल्मलाई अनिल शर्माले निर्देशन गर्दैछन् । फिल्ममा शिल्पालाई सनीको श्रीमतीको भूमिका अफर गरिएको थियो । फिल्मको अफर निर्देशक शर्माले गरेका थिए । यद्यपि फिल्म मार्फत लगातार फ्लप भइरहेकी शिल्पाले डेट अभाव हुने सङ्केत गरेकी छिन् ।

हाल रोहित शेट्टीको निर्देशनमा तयार भइरहेको सिरिजमा व्यस्त शिल्पा फिल्मलाई समय दिन चाह्दिनन् । शिल्पाले निर्देशक शर्मालाई ‘नो’ भन्ने सङ्केत गरेपछि सनी आफैँले कुरा गर्ने भएका छन् । सनीको प्रस्ताव पश्चात् शिल्पाले के भन्छिन् रु यो थाहा पाउन केही समय प्रतीक्षा गर्नु पर्नेछ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ४ : २७ बजे

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा