जुम्लामा प्रकोपबाट क्षति भएका पशुपंक्षीका लागि ८ लाख राहत « Khabarhub

जुम्लामा प्रकोपबाट क्षति भएका पशुपंक्षीका लागि ८ लाख राहत


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लामा प्राकृतिक प्रकोपबाट क्षति भएका पशुपंक्षीको लागि राहत वितरण गरिने भएको छ । सोमबार जिल्ला स्तरीय राहत वितरण समितिको बैठकमा प्रदेश सरकारबाट प्राप्त भएको राहत कार्यविधि अनुसार ८ लाख उपलब्ध गराइने भएको हो  ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई र प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख गौरी नन्द आचार्यको प्रमुख आतिथ्यमा बसेको जिल्ला स्तरको बैठकले पशु सेवा तथा पशु अस्पताल कार्यालय जुम्लाले कार्यविधि अनुसार तयार पारेको राहत उपलब्ध गराउने निर्णय भएको छ  ।

त्यस्तै पशु सेवा तथा पशु अस्पताल कार्यालय जुम्लाले आर्थिक वर्ष २०७८।०७९ मा गत २०७८ साउन देखी हाल सम्म क्षति भई प्रहरीको मुचुल्का अनुसार पुष्टि भई आएका भेडा, पाठापाठी, बाख्रा खसी, गाई गोरु, कुखुरा, माछा पोखरीको क्षतिमा पाउने राहत जानकारी गरेको थियो ।

त्यस्तै कार्यालय प्रमुख गोविन्द बहादुर महतले प्रस्तुत गर्नुभएको राहत मापदण्ड अनुसार कार्यालयलाई आएको नौ लाख मध्य आठ लाख वितरण गर्ने निर्णय भएको छ । एक लाख भने असार अन्तिम सम्ममा केही क्षति भएमा वितरण गरिने भएको छ ।

कार्यालय प्रमुख महतका अनुसार २०७८ कार्तिक २ गते प्राकृतिक प्रकोपले सबैभन्दा बढी क्षति भएका तातोपानी गाउँपालिका वडा नम्बर ७ का किसानका भेडाको क्षति भने संघीय सरकारले राहत दिने भएको छ ।  ताम्ति क्षेत्रका ९ जना किसानका १ सय४३ भेडा अविरल वर्षा र बाढीले बगाएर नष्ट भएका थिए ।

त्यस्तै बैठकमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले किसानलाई सानो राहत भए पनि उपलब्ध हुने भएकोमा राम्रो भएको बताए ।

प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले लामो समय देखीको प्रयासमा किसानले पाउने पशुपंक्षीको राहतका लागि निर्णय भएको र चाडै खातामा हाल्न कार्यालयलाई निर्देशन गरे । पशु अस्पताल तथा पशु सेवा कार्यालयले गत आर्थिक वर्षमा रु १४ लाख राहत वितरण गरिएको जानकारी गरिएको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ७ : ०८ बजे

श्रमसंस्कृतिबाट उपसभामुखमा रूवि ठाकुर, रास्वपाले सघाउने

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीले समानुपातिक सांसद रुवि ठाकुरलाई

राप्रपाबाट उपसभामुखमा सरस्वतीको उम्मेदवारी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले सरस्वती लामालाई प्रतिनिधि

पार्टीभित्रको विवाद समाधानमा मध्यमार्गी भूमिका खेल्न शेखर कोइराला तयार

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला विशेष महाधिवेशनबाट चयन

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको