कास्कीको मादी गाउँपालिका ६५ करोड ४८ लाख बजेट « Khabarhub

कास्कीको मादी गाउँपालिका ६५ करोड ४८ लाख बजेट


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ६५ करोड ४८ लाख ८० बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको ११ औँ गाउँसभामा आज उपाध्यक्ष कल्पना गुरुङले सो बराबरको अनुमानित बजेट सभामा प्रस्तुत गरेको सभामा छलफलपछि सर्वसम्मत पारित भएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ६२ करोड २२ लाख ४० हजार बराबरको बजेट पेश गरेकोमा आगामी आवमा बजेट वृद्धि गरिएको छ । चालु आवको तुलनामा पालिकाको बजेट पाँच दशमलव २५ प्रतिशतले बढी हो ।

गाउँपालिकाको आवश्यकता, उपलब्ध स्रोतसाधन र जनअपेक्षा अनुरूप दिगो विकास तथा रोजगारीको अवसरमा जोड दिने उद्देश्यसहित बजेट कार्यक्रम ल्याइएको उपाध्यक्ष गुरुङले बताए । कृषि र पशुपालनको क्षेत्रमा लगानी वृद्धि गरी कृषि उपजमा आत्मनिर्भर बनाइ रोजगारीका अवसरको सिर्जना गर्ने र युवा स्वरोजगार कोषको स्थापना गरी रोजगार वृद्धिलाई प्राथमिकतामा राखिएको छ ।

आगामी बजेटमा आर्थिक विकास तर्फ रु पाँच करोड ४२ लाख ४० हजार, सामाजिकमा रु ३२ करोड ८८ लाख ६० हजार, पूर्वाधार विकास तर्फ रु १४ करोड २५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ रु ८५ लाख ७० हजार र सुशासन तथा संस्थागत विकास तर्फ रु १२ करोड सात लाख १० हजार विनियोजन गरिएको उपाध्यक्ष गुरुङले बताए ।

कूल बजेटको स्रोतमा सङ्घीय सकार वित्तीय समानिकरणबाट रु नौ करोड, ६२ लाख, सङ्घीय सरकार स-र्शत अनुदान रु २९ करोड ९२ लाख, सङ्घीय सरकार विशेष अनुदान रु एक करोड, सरकार बाँडफाँड प्राप्त राजस्व रु १० करोड तीन लाख र सङ्घीय सरकार बाँडफाँड भई प्राप्त हुने रोयल्टी रु एक करोड छ लाख ४० हजार रहेको छ ।

यसैगरी गण्डकी प्रदेश सरकार वित्तीय समानीकरण अनुदान रु एक करोड चार लाख ९५ हजार, प्रदेश सरकार राजस्व बाँडफाँड रु ८१ लाख २२ हजार, पिएलजीएसपि तथा अन्य सशर्त अनुदान चालु कार्यक्रम रु छ लाख, सडक बोर्ड अनुदान रु ५० लाख तथा आन्तरिक, आय रोयल्टी तथा अघिल्लो आर्थिक वर्षको  समेत रु नौ करोड ४८ लाख ६४ हजार बजेटको स्रोत अनुमान गरिएको उपाध्यक्ष गुरुङले बताए । 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ८ : ०५ बजे

अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं– गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा

युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै

गणेश नेपालीको निधनपछि आफन्त आन्दोलनको तयारीमा, शव बुझ्न अस्वीकार

काठमाडौं–  गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनका आफन्तले आन्दोलनको तयारी

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु

दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्धहरूलाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्वासीप्रति गरेको