भैरहवामा बाल सुधार गृहमा रहेका बालकलाई स्थानान्तरण गर्न खोज्दा प्रहरीमाथि आक्रमण « Khabarhub

भैरहवामा बाल सुधार गृहमा रहेका बालकलाई स्थानान्तरण गर्न खोज्दा प्रहरीमाथि आक्रमण


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुपन्देहीको भैरहवामा रहेको बाल सुधार गृहमा रहेका बालकहरुलाई स्थानान्तरण गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएको छ । अत्याधिक चापका कारण १७ जना बालकलाई विभिन्न स्थानमा स्थाना्तरण गर्न खोज्दा भित्र रहेका किशोरहरुले प्रहरीमाथि नै आक्रमण गर्दा रुपन्देहीका डीएसपी नवरत्न पौडेल र उनका अंगरक्षक प्रहरी जवान टोपबहादुर राखल मगर घाइते भएका छन् ।

डिएसपीको टाउको र अंगरक्षकको हातमा चोट लागे पछि उपचाररत छन् । कारागार विभागले बालकहरुलाई स्थानान्तरण गर्न पत्राचार गरेको थियो ।

आज स्थानान्तरण गर्न खोज्दा उनीहरुले अनेक गतिविधी गरी प्रहरी माथिननै आक्रमण भएको बाल सुधार गृह प्रमुख शुभद्रा गौतमले बताइन् ।

‘बढी चाप भएको कारणले घर पायक र यहाँ अवाञ्छनिय कार्य गर्ने मध्येबाट १७ जनालाई पत्राचार अनुसार नै पठाउन लागेका थियौ, ठूलाहरुले साना किशोर माथि दमन गर्दै पनि आएका थिए’ बाल सुधार गृह प्रमुख गौतमले भनिन् ।

जान्न भन्दै किशोरहरु आक्रोशित भई भित्र तोडफोड गर्ने, त्यहाँ जाने सबैलाई तथानाम गाली गर्ने, भित्र भएको सामानहरुले प्रहार गर्ने लगायतका क्रियाकलाप गरेका थिए ।

उनीहरुले पढ्ने किताब र प्रयोग गरिरहेका विस्तारा कपडामा समेत आगो लगाएपछि दमकलले आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ८ : २९ बजे

महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा

हिमालयन रिइन्सुरेन्स शेयर कारोबार : पौने ४ अर्बको मुद्दामा ऋषिराज मोरसँग मागियो १ करोड धरौटी

काठमाडौं- विशेष अदालतले हिमालयन रिइन्सुरेन्सको शेयर कारोबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण

मध्यपूर्व तनावबीच इरानी विद्यालय बन्द गर्न कुवेतको आदेश

कुवेत- कुवेत सरकारले देशमा सञ्चालित एक मात्र इरानी विद्यालय बन्द गर्न

कमल नगर अस्पतालमा भिडियो एक्स-रे सेवा विस्तार

भद्रपुर– कमल नगर अस्पतालमा अब विशेषज्ञ रेडियोलोजिष्टमार्फत नियमित भिडियो एक्स-रे

कफिनमा फर्किए शिखर चुम्न गएका कीर्तिमानी युक्त (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानको ब्रड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर निधन भएका पर्वतारोही