नक्कली लाइसेन्स बनाइिदएको आरोपमा १२ कर्मचारीसहित १७ जनाविरुद्ध मुद्दा दायर | Khabarhub Khabarhub

नक्कली लाइसेन्स बनाइिदएको आरोपमा १२ कर्मचारीसहित १७ जनाविरुद्ध मुद्दा दायर


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नक्कली चालक अनुमति पत्र (लाइसेन्स) दिएको आरोपमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ जना कर्मचारीसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन २ जना प्रमुखसहित १२ जना कर्मचारी र पाँच जना बिचौलियाविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्माले कर्मचारी र बिचौलियासँग मिलेर भ्रष्टाचार गरेको पाइएको छ ।

उनीहरुले आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को साउनर भदौमा गरी पाँच ३३ जना व्यक्तिलाई अवैध रुपमा लाइसेन्स दिएको अख्तियारले दाबी गरेको छ ।

अख्तियारका अनुसार उनीहरुले नवीकरण नभएका तथा स्वतः रद्द भएका चालक अनुमति पत्र (लाइसेन्स) को विवरणलाई सच्याएर नयाँ बाटोबाट गैरकानूनी रुपमा अवैध लाइसेन्स दिएको अख्तियारको आरोप छ ।

अख्तियारले दुई कार्यालय प्रमुखसहित कर्मचारीहरू विजयराज गिरी, कमल स्याङ्तान, अच्युतप्रसाद फुँयाल, प्रकाश कार्की, रेजु भट्टराई, रोशन राजभण्डारी, श्यामसुन्दर चौधरी, लक्ष्मी श्रेष्ठ, माया सेठी र रिचा श्रेष्ठ तथा बिचौलियाहरू हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भनिने उद्धवबहादुर खत्री, दीपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यविरूद्ध मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १० : ५२ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं