५ घण्टाको प्रयासपछि बालसुधार गृहका १७ किशोरलाई स्थानान्तरण « Khabarhub

५ घण्टाको प्रयासपछि बालसुधार गृहका १७ किशोरलाई स्थानान्तरण


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– बाल सुधार गृह रुपन्देहीका १७ किशोरलाई लामो प्रयास पछि स्थानान्तरण गरिएको छ । कारागार विभागले सुधार गृहमा अत्याधिक चाप भएको भन्दै केहीलाई स्थानान्तरण गर्न खोजेपछि मंगलबार केहीबेर अवस्था तनावग्रस्त भयो ।

दिउसो करिब २ बजे बाट तनाव सुरु भएको सुधार गृहमा प्रहरीले संयमता अपनाउँदै करिब ७ बजे स्थिति सामान्य बनाएको थियो । त्यहाँ रहेका किशोरहरुले अनेक गतिविधि गर्न थालेपछि ठूलो संख्यामा प्रहरी पुगेको थियो तर प्रहरीमाथि नै उनीहरुले आक्रमण गरेपछि तनाव भएको थियो ।

कारागार विभागले बालकहरुलाई स्थानान्तरण गर्न पत्राचार गरेको थियो । स्थानान्तरण गर्ने पत्र आएको खबर उनीहरुले थाहा पाएदेखि नै भित्र दैनिक रुपमा होहल्ला गर्ने, तोडफोड गर्ने जस्ता अनेक क्रियाकलाप गर्दै आएका थिए ।

बैशाख ४ गते पनि उनीहरूले भित्र रहेका टिभी पंखा लगायतका सामान तोडफोड गरेका थिए । मंगलबार दिउँसो करिब २ बजे सुधार गृहबाट केही किशोरहरुलाई अन्यत्र स्थानान्तरण गर्न खोज्दा उनीहरुले प्रहरीमाथि आक्रमण गरेको बाल सुधार गृह प्रमुख शुभद्रा गौतमले बताइन् ।

उनीहरुको आक्रमणबाट रुपन्देहीका डीएसपी नवरत्न पौडेल र उनका अंगरक्षक प्रहरी जवान टोपबहादुर राखल मगर घाइते भई उपचारमा छन । डिएसपीको टाउको र अंगरक्षकको हातमा चोट लागेको छ ।

‘बढी चाप भएकाले घर पायक र यहाँ अवाञ्छनीय कार्य गर्ने मध्येबाट १७ जनालाई पत्राचार अनुसार नै पठाउन लागेका थियौँ, ठूलाहरुले साना किशोरमाथि दमन गर्दै पनि आएका थिए’ बाल सुधार गृह प्रमुख गौतमले भनिन् । उनीहरुमध्ये १० जना नेपालगञ्ज, ४ जना कास्की र ३ जनालाई भक्तपुर स्थानान्तरण गरिएको हो ।

आज पठाउन लागिएको बेला जान्न भन्दै किशोरहरु आक्रोशित भित्र तोडफोड गर्ने, त्यहाँ जाने सबैलाई तथानाम गाली गर्ने, भित्र भएको सामानहरुले प्रहार गर्ने लगायतका क्रियाकलाप गरेका थिए । उनीहरुले पढ्ने किताब र प्रयोग गरिरहेका बिस्तारा कपडामा समेत आगो लगाएका थिए ।

किशोरहरु आक्रोशित भएपछि सुरक्षाकर्मीले अन्य कुनै घटना नहोस् भनेर संयमता अनाउदै परामर्श गरेर स्थिती नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए ।

‘नेपाल प्रहरी, सशस्त्र प्रहरीको लामो प्रयास पछि अवस्था नियन्त्रणमा आयो, सुधार गृहबाट उनीहरुलाई निकालेर सम्बन्धित जिल्ला पठाउनका लागि व्यवस्थापन गरिरहेका छौं’ प्रहरी प्रमुख रेग्मीले भने । उनीहरु बुधबार स्थानान्तरित सुधार गृहमा पुग्ने छन् ।

किशोरहरु उग्र भएपछि अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले केही थान अश्रु ग्यासको समेत प्रयोग गरेको स्थानीयले बताएका छन् । ६० जनाको क्षमता रहेको सुधार गृहमा विभिन्न जिल्लाका ११० जना बालक तथा किशोरहरु बस्दै आएका थिए । बालबिज्याईले स्थानीय आजित भएपछि मंगलबार मात्रै स्थानीयले जिल्ला प्रशसन कार्यालयमा सुधारगृह स्थानान्तरण गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ११ : १४ बजे

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार

राप्रपा कोशीका प्रवक्ता राउतले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेश कार्यसमिति प्रवक्ता

पूर्वसभामुख महरा र छोरा राहुलविरूद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन

नीति तथा कानुन निर्माणमा सहजीकरण गर्न सदैव तयार छु : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा ऐन कानुन निर्माण