इजरायलमा संसद् भङ्गको घोषणा, तीन वर्षमा पाँचौँ निर्वाचन « Khabarhub

इजरायलमा संसद् भङ्गको घोषणा, तीन वर्षमा पाँचौँ निर्वाचन


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम– इजरायलको कमजोर गठबन्धन सरकारले संसद् भङ्गको घोषणा गर्दै त्यससम्बन्धी विधेयक द्रुतमार्गबाट पारित गर्ने बताएको छ ।

अब हुने निर्वाचनमा विपक्षी नेता पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहुको पुनरागमन वा लामो राजनीतिक गडबडीको अर्को अवधिको चरण निर्धारण गर्नेछ । तीन वर्षको अन्तरालमा अब हुने निर्वाचन पाँचौँ हुनेछ ।

प्रधानमन्त्री नफ्ताली बेनेटले सोमबार पदभार ग्रहण गरेको एक वर्षपछि वैचारिक विविधतायुक्त आठ राजनीतिक दलको गठबन्धन तोडेर अर्को निर्वाचनको घोषणा भएको हो । येश एडिट पार्टीका नेता तथा समाजकल्याणमन्त्री मीर कोहेनले गठबन्धन सरकारले बुधबार मतदानसम्बन्धी विधेयक संसद्मा प्रस्तुत हुने बताएका छन् ।

अब अर्को निवाचन आगामी अक्टोबरमा हुनेछ । नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्री बेनेटका प्रमुख सहयोगी विदेशमन्त्री यायर ल्यापिड कार्यवाहक प्रधानमन्त्री बन्नेछन् । प्रधानमन्त्री बेनेट नेतृत्वको गठबन्धनलाई त्यति बेला नै राजनीतिक प्रयोगका रूपमा चित्रण गरिएको थियो ।

प्रधानमन्त्री बेनेटले आफ्नो कार्यकालमा तीन वर्षमा पहिलोपटक राष्ट्रिय बजेट पास गराए भने बन्दाबन्दी नगरी कोरोनाभाइरसका दुई चरणबाट देशलाई नेतृत्व प्रदान गरे । उनकै निगरानीमा गाजा पट्टीसँगको तनावपूर्ण सीमाना धेरै हदसम्म शान्त रह्यो । यद्यपि प्यालेस्टिनीहरूसँगको तनाव पूर्वी जेरुसेलम र कब्जा गरिएको वेस्ट बैंकमा बढ्यो ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ११ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै