इजरायलमा संसद् भङ्गको घोषणा, तीन वर्षमा पाँचौँ निर्वाचन « Khabarhub

इजरायलमा संसद् भङ्गको घोषणा, तीन वर्षमा पाँचौँ निर्वाचन


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम– इजरायलको कमजोर गठबन्धन सरकारले संसद् भङ्गको घोषणा गर्दै त्यससम्बन्धी विधेयक द्रुतमार्गबाट पारित गर्ने बताएको छ ।

अब हुने निर्वाचनमा विपक्षी नेता पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहुको पुनरागमन वा लामो राजनीतिक गडबडीको अर्को अवधिको चरण निर्धारण गर्नेछ । तीन वर्षको अन्तरालमा अब हुने निर्वाचन पाँचौँ हुनेछ ।

प्रधानमन्त्री नफ्ताली बेनेटले सोमबार पदभार ग्रहण गरेको एक वर्षपछि वैचारिक विविधतायुक्त आठ राजनीतिक दलको गठबन्धन तोडेर अर्को निर्वाचनको घोषणा भएको हो । येश एडिट पार्टीका नेता तथा समाजकल्याणमन्त्री मीर कोहेनले गठबन्धन सरकारले बुधबार मतदानसम्बन्धी विधेयक संसद्मा प्रस्तुत हुने बताएका छन् ।

अब अर्को निवाचन आगामी अक्टोबरमा हुनेछ । नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्री बेनेटका प्रमुख सहयोगी विदेशमन्त्री यायर ल्यापिड कार्यवाहक प्रधानमन्त्री बन्नेछन् । प्रधानमन्त्री बेनेट नेतृत्वको गठबन्धनलाई त्यति बेला नै राजनीतिक प्रयोगका रूपमा चित्रण गरिएको थियो ।

प्रधानमन्त्री बेनेटले आफ्नो कार्यकालमा तीन वर्षमा पहिलोपटक राष्ट्रिय बजेट पास गराए भने बन्दाबन्दी नगरी कोरोनाभाइरसका दुई चरणबाट देशलाई नेतृत्व प्रदान गरे । उनकै निगरानीमा गाजा पट्टीसँगको तनावपूर्ण सीमाना धेरै हदसम्म शान्त रह्यो । यद्यपि प्यालेस्टिनीहरूसँगको तनाव पूर्वी जेरुसेलम र कब्जा गरिएको वेस्ट बैंकमा बढ्यो ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ११ : ४३ बजे

सरकारी सूचना निर्णयविरुद्ध पत्रकार महासंघको र्‍याली

काठमाडौं– सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने

बैंकिङ कसुर मुद्दामा पनि दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

काठमाडौं– व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत

थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै, इक्वेडरलाई जितको दबाब

काठमाडौं- विश्वकप फुटलबमा समूह ‘इ’ अन्तर्गत शनिबार हुने दोस्रो चरणका

महाधिवेशनको मुखमा रविलाई ठूलो राहत, सबै अदालतबाट गम्भीर अपराधका मुद्दा फिर्ता

काठमाडौं- पहिलो महाधिवेशनमा होमिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि