निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिँदै छानबिन समिति « Khabarhub

निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिँदै छानबिन समिति


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग संसदीय छानबिन समितिले आज बयान लिँदैछ ।

हिजो समय नपुगेका कारण आज बिहान साढे ८ बजे बयान लिने कार्यक्रम रहेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन् ।

आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करका दायर हेरफेर गरेको आरोपमाथि शर्मासँग जवाफ माग गरिनेछ ।

समितिले छानबिन थालेको दशौँ दिन अर्थात् कार्यादेशको अन्तिम दिन निवर्तमान अर्थमन्त्री शर्मासँग छलफल गर्न लागेको हो । दश दिनमा निष्कर्षमा पुग्न नसकिने भएपछि समितिको समय ७ दिन थप्ने तयारी गरिएको छ ।

त्यसका लागि आज बसेको समितिको बैठकले ७ दिन म्याद थप गर्न आग्रह गर्ने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए ।असार २२ मा गठन भएको समितिले एकसातापछि काम थालेको थियो ।

केही व्यक्तिको बयान लिन बाँकी रहेको छ भने सिसिटिभीको हार्डडिस्क जाँचका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ ।

उक्त रिपोर्ट आएपछि मात्र समिति टुंगोमा पुग्न सक्ने भएकाले त्यसका लागि समय थप गर्न सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गर्ने निर्णय समितिको छ ।

चौतर्फी विरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरेका थिए।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ६ : २६ बजे

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार

टि २० विश्वकप : फाइनलमा पुग्यो न्युजिल्याण्ड, दक्षिण अफ्रिका ९ विकेटले पराजित

कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका