निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिँदै छानबिन समिति « Khabarhub

निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिँदै छानबिन समिति


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग संसदीय छानबिन समितिले आज बयान लिँदैछ ।

हिजो समय नपुगेका कारण आज बिहान साढे ८ बजे बयान लिने कार्यक्रम रहेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन् ।

आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करका दायर हेरफेर गरेको आरोपमाथि शर्मासँग जवाफ माग गरिनेछ ।

समितिले छानबिन थालेको दशौँ दिन अर्थात् कार्यादेशको अन्तिम दिन निवर्तमान अर्थमन्त्री शर्मासँग छलफल गर्न लागेको हो । दश दिनमा निष्कर्षमा पुग्न नसकिने भएपछि समितिको समय ७ दिन थप्ने तयारी गरिएको छ ।

त्यसका लागि आज बसेको समितिको बैठकले ७ दिन म्याद थप गर्न आग्रह गर्ने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए ।असार २२ मा गठन भएको समितिले एकसातापछि काम थालेको थियो ।

केही व्यक्तिको बयान लिन बाँकी रहेको छ भने सिसिटिभीको हार्डडिस्क जाँचका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ ।

उक्त रिपोर्ट आएपछि मात्र समिति टुंगोमा पुग्न सक्ने भएकाले त्यसका लागि समय थप गर्न सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गर्ने निर्णय समितिको छ ।

चौतर्फी विरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरेका थिए।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ६ : २६ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ