एन्फा कार्यसमिति बैठक आज बस्दै | Khabarhub Khabarhub

एन्फा कार्यसमिति बैठक आज बस्दै


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अहिले बिहान ७ बजे बैठक बस्न लागेको हो ।

एन्फाको कार्यतालिका अनुसार विभिन्न १२ एजेन्डामा छलफल हुने भएको छ । एन्फा सचिवालयका अनुसार साउन २ का लागि बोलाइएको बैठकमा नेपाल सुपर लिग (एनएसएल), महिला साफ र पदाधिकारी नियुक्त लगायतको एजेन्डामा छलफल हुनेछ।

यस्तै नेपाल सुपर लिगसँगको सम्झौताको विषय र एन्फामा रिक्त केही पदमा नियुक्त गर्नका लागि छलफल गर्नेछ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि सोमबार स्थगित भएको थियो। एन्फामा नयाँ नेतृत्व आएपछि यो दोस्रो बैठक बस्न लागेको हो । यसअघि पहिलो बैठक गत सोमबार बसेको थियो ।

साधारणसभाले गत ६ असार नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक सोमबार दिउँसो तीन बजे बस्ने तय थियो। तर, अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि बैठक अनिश्चित बनेको थियो।

एजेन्डा बिना बोलाइएको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनाको घेरामा परेको थियो ।

 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ६ : ५६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’