एन्फा कार्यसमिति बैठक आज बस्दै « Khabarhub

एन्फा कार्यसमिति बैठक आज बस्दै


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अहिले बिहान ७ बजे बैठक बस्न लागेको हो ।

एन्फाको कार्यतालिका अनुसार विभिन्न १२ एजेन्डामा छलफल हुने भएको छ । एन्फा सचिवालयका अनुसार साउन २ का लागि बोलाइएको बैठकमा नेपाल सुपर लिग (एनएसएल), महिला साफ र पदाधिकारी नियुक्त लगायतको एजेन्डामा छलफल हुनेछ।

यस्तै नेपाल सुपर लिगसँगको सम्झौताको विषय र एन्फामा रिक्त केही पदमा नियुक्त गर्नका लागि छलफल गर्नेछ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि सोमबार स्थगित भएको थियो। एन्फामा नयाँ नेतृत्व आएपछि यो दोस्रो बैठक बस्न लागेको हो । यसअघि पहिलो बैठक गत सोमबार बसेको थियो ।

साधारणसभाले गत ६ असार नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक सोमबार दिउँसो तीन बजे बस्ने तय थियो। तर, अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि बैठक अनिश्चित बनेको थियो।

एजेन्डा बिना बोलाइएको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनाको घेरामा परेको थियो ।

 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ६ : ५६ बजे

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई