भारतले आज १५औँ राष्ट्रपति पाउने | Khabarhub Khabarhub

भारतले आज १५औँ राष्ट्रपति पाउने


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको १५औँ राष्ट्रपतिका लागि भएको निर्वाचन अन्तर्गत आज मतगणना हुँदैछ। मतगणनाका लागि सबै राज्यको विधानसभाबाट मतपेटिका स‌ंसद भवन पुगिसकेका छन्। मतगणना बिहान सवा ११ बजे सुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ राष्ट्रपति चयन गर्न गत सोमबार मतदान भएको थियो । राष्ट्रपतीय निर्वाचनमा संघीय संसदका दुवै सदनका सांसद, प्रदेशसभाका सदस्य तथा संघीय राजधानी दिल्ली र केन्द्र शासित प्रदेश पुद्दुचेरीका निर्वाचित सदस्यहरुले मतदान गरेका थिए।​

राष्ट्रपति पदका लागि सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हा प्रतिस्पर्धामा छन् । सन् २०१७ को राष्ट्रपति चुनावअघि देशको सर्वोच्च पदको लागि ६४ वर्षीय मुर्मु एक बलियो दावेदार थिइन् । त्यति नै बेला बिहार राज्यपाल तथा दलित नेता राम नाथ कोविन्दलाई उक्त पदमा छनौटका लागि प्रस्ताव गरिएको थियो ।

वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल आगामी आइतबार (२४ जुलाइ) सकिनेछ । भारतमा आगामी ६ अगस्टमा उपराष्ट्रपतिको निर्वाचन हुनेछ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ८ : १७ बजे

ट्रम्पको डिपोर्ट नीतिलाई अदालतको साथ

वाशिङ्टन – अमेरिकामा रहेका तीन लाख ५० हजार भेनेजुएलीलाई डिपोर्ट

अभ्यास खेलमा दीपेन्द्र र भीमको शतकमा नेपाल १२४ रनले विजयी

काठमाडौं – आईसीसी विश्वकप लिग-२ को अभ्यासका लागि युके पुगेको

भाइ टोनी र बहिनी नेहासँग सम्बन्ध अन्त्यको घोषणा गरेको एक महिनामै सँगै देखिइन् सोनु !

काठमाडौं- भारतीय गायिका सोनु कक्कडले गत अप्रिलमा सामाजिक सञ्जालमा परिवारसँग

बाटो निर्माण ढिलाइसम्बन्धी महानगर प्रमुखलाई ध्यानाकर्षण

गण्डकी– लेखनाथ उद्योग वाणिज्य सङ्घले पोखरा महानगरपालिका– २७, ३० र

पर्सामा अवैध चोरी तस्करी रोक्न ‘सिसी क्यामेरा’ जडान

वीरगञ्ज– अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न वीरगञ्जका विभिन्न