भारतले आज १५औँ राष्ट्रपति पाउने « Khabarhub

भारतले आज १५औँ राष्ट्रपति पाउने


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको १५औँ राष्ट्रपतिका लागि भएको निर्वाचन अन्तर्गत आज मतगणना हुँदैछ। मतगणनाका लागि सबै राज्यको विधानसभाबाट मतपेटिका स‌ंसद भवन पुगिसकेका छन्। मतगणना बिहान सवा ११ बजे सुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ राष्ट्रपति चयन गर्न गत सोमबार मतदान भएको थियो । राष्ट्रपतीय निर्वाचनमा संघीय संसदका दुवै सदनका सांसद, प्रदेशसभाका सदस्य तथा संघीय राजधानी दिल्ली र केन्द्र शासित प्रदेश पुद्दुचेरीका निर्वाचित सदस्यहरुले मतदान गरेका थिए।​

राष्ट्रपति पदका लागि सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हा प्रतिस्पर्धामा छन् । सन् २०१७ को राष्ट्रपति चुनावअघि देशको सर्वोच्च पदको लागि ६४ वर्षीय मुर्मु एक बलियो दावेदार थिइन् । त्यति नै बेला बिहार राज्यपाल तथा दलित नेता राम नाथ कोविन्दलाई उक्त पदमा छनौटका लागि प्रस्ताव गरिएको थियो ।

वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल आगामी आइतबार (२४ जुलाइ) सकिनेछ । भारतमा आगामी ६ अगस्टमा उपराष्ट्रपतिको निर्वाचन हुनेछ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ८ : १७ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक