भारत लैजान लागिएकी किशोरीको उद्धार « Khabarhub

भारत लैजान लागिएकी किशोरीको उद्धार


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – मोबाइल बनाउने बहाना बनाएर काठमाडौँबाट महेन्द्रनगर पुर्‍याइएकी एक किशोरीको उद्धार गरिएको छ । काठमाडौँबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पुर्‍याएर भारत लैजान लागेको अवस्थामा उनको महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो ।

महेन्द्रनगर बसपार्कबाट उदयपुरकी १६ वर्षीया किशोरीलाई गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ । उनलाई ललाइफकाई ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ । काठमाडौँमा सवारीसाधनका चालक रहेका लावडले ती किशोरीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगर पुर्‍याएको खुलेको छ ।

‘काठमाडौँमा बस्दै आएकी किशोरी र उनको परिवारसित चिनजान रहेछ, त्यसका आधारमा मोबाइल बनाउने भनेर नेपालगञ्जसम्म ल्याए’, साहसी महिला नेपालकी जिल्ला संयोजक आनन्दी रानाले भने, ‘किशोरीलाई आफू कहाँ जाँदैछु भन्ने केही पनि थाहा छैन ।’ किशोरीलाई बेचबिखनका लागि भारत लैजान खोजेको संयोजक रानाको भनाइ छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ८ : ३३ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली