गीतसंगीतमा पुन: सक्रिय हुँदै अनिल « Khabarhub

गीतसंगीतमा पुन: सक्रिय हुँदै अनिल


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गीतसंगीतमा अनिल सिंहको आफ्नै पहिचान छ । विशेष गरी पप गायनमा उनको नाम चर्चामा रहन्छ । झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने उनले गाएका गीतसंगीतमा नझुम्ने कमै थिए, जसमा अहिले पनि कमी पाइएको छैन । उनले गीत गाउँदै गर्दा आफूलाई स्थिर बनाउन सक्ने संगीत प्रेमी दर्शकनै छैनन् भन्दा पनि फरक पर्दैन। किनकि उनको गायन शैली र गीत नै त्यस्तै छ । तत्कालीन अवस्थामा उनले रकस्टारको ट्याग पाएका थिए। किनकि उनको गीतमा रम्नेमा युवापुस्ता धेरै थिएँ ।

आफै गाउने र कम्पोज गर्ने भएकाले पनि अनिलको छुटै फ्यान फ्लोअर्स छन् । यिनै अनिल केही समयको तयारी पश्चात् गीतसंगीतमा फर्किँदै छन् । केही समय कन्सर्टमा केन्द्रित भएका अनिलले छिटै सार्वजनिक गर्ने गरी अहिले गीतको काम गरिरहेका छन् । ‘रेलिमोई’ बोलको गीतमा अनिलको स्वर मात्र छैन, उनी फिचर्ड पनि छन् ।

साथै, उनले आफ्नो सफल गीत इञ्जिन गाडीमा २ र आइ लभ यु २ गीत छिटै दर्शक समक्ष ल्याउँदै छन् । उनले आफ्नो हिट गीतहरुको नयाँ सिर्जनालाई ‘द ग्रेट हार्मोनिस्ट २’ एल्बममा संग्रहित गर्दैछन् । यसपटक उनले आफ्नै हिट एल्बम ‘द रियल हार्मोनिस्ट’ कै नाम सापटी लिँदै एल्बम नौ तयार गर्न लागेका हुन् । ‘गीतसंगीतसँगै अन्य कामहरू पनि छन् । सबै योजना अनुसार नै अगाडि आउने छन्’ अनिलले भने । उनले गीतसंगीतको बदलिँदो ट्रेन्डलाई अध्ययन गर्न जरुरी रहेको सुनाए । उनी यसकै लागि केही समय कन्सर्टमा मात्र केन्द्रित भएको समेत बताए ।

उनले आफ्नो हिट गीत इञ्जिन गाडीमा र आइ लभ यूलाई कन्सर्टमा मात्र प्रस्तुत गर्ने भएका छन् । कन्सर्टमा गीत सुनिएपछि मात्र भिडियोमार्फत गीत सार्वजनिक गरिने छ । ‘इञ्जिन गाडीमा पार्ट २ टुर’ मा उनीसँगै ब्यान्ड रहनेछ । उनीहरूले उपत्यकाको भिडभाड हुने क्लबहरुमा कन्सर्ट गर्नेछन् । उनको ब्याण्डमा भोकलिस्ट अनिल स्वयम् छन् भने किबोर्डमा सुनिल सिंह, लिड गीतारिस्टमा अनिश मानन्धर, बेस गीतारिस्टमा सन्दीप गुरुङ्ग, ड्रमरमा प्रज्वल निर्वाण रहेका छन् ।

गीत सुन्न आइपुगेका दर्शक तथा श्रोतालाई रियालिटी फिल्म होस् भनेर उनले ब्याण्डसँग कन्सर्ट गर्न लागेका हुन् । उनी युरोप र दुबईमा छिटै कन्सर्ट गर्दैछन् भने क्यानडा र अष्ट्रेलियाको लागि पनि तयारी छ । केही समय स्टेजमा मात्र सीमित भएका अनिल अब गीतसंगीतसँगै स्टेजमा व्यस्त हुने योजना अनुसार अगाडी बढिरहेका छन् । ‘हामीले एउटा समयमा गरेको कामसँगै अहिले अपडेट भएर, ट्रेन्ड बुझेर आउनु पर्छ’ अनिलले भने । उनले आफू गीतसंगीतसँगै अन्य विविध कामहरूमा रहेको पनि बताएका छन् । उनको आइ लभ यु, प्रेम पत्र, डुब्न देऊ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सकेलगायतका दर्जन बढी गीत सुपरहिट छन् ।

यद्यपि ती गीतलाई उनले युट्युबको लागि तयार गरेका थिएनन् । अब उनले युट्युबको लागि कन्टेन निर्माण गर्दैछन् । आफ्नो गीत र गतिविधिलाई जानकारी गराउने उद्देश्यले उनले ‘म्युजिक स्टेट’ नामक च्यानल बनाएका छन् । ‘म युट्युबको लागि नयाँ छु । किनकि यसको लोकप्रियता बढेपछि म गीतसंगीत लिएर आएको छैन । अब भने सक्रियता बढाउदैछु’ उनले भने ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  १२ : १२ बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि