अवैध लागूऔषधसहित चार जना पक्राउ  « Khabarhub

अवैध लागूऔषधसहित चार जना पक्राउ 


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाही, धादिङ र मोरङबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले फक्राउ गरेको छ । 

सर्लाहीको हरिपुर नगरपालिका–९ दनुवारीबाट नियन्त्रित लागूऔषध ४ सय ९५ एम्पुल डाइजेपाम, ५ सय एम्पुल फेनारगन, १ सय ४४ एम्पुल स्पास्मोप्रोक्सभन र ५ सय एम्पुल लेबल तथा नाम नखुलेको लागूऔषधसहित दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–३ बस्ने ३५ वर्षीय दीपक खत्री र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–४ बस्ने २६ वर्षीय विजय लामा रहेका छन् । 

ना.२० प ९३७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी मोटरसाइकल चालक दीपक र मोटरसाइकलमा सवार विजयलाई पक्राउ गरेको हो । 

धादिङको गजुरी गाउँपालिका–२ चालिसेबाट करिब ५ किलो गाँजा सहित कास्की रुपा गाउँपालिका–१ फस्ल्याङकोट बस्ने २६ वर्षीय कृष्ण श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । मोरङको पथरीशनिश्चरे नगरपालिका–४ सोमबारे चोकबाट करिब २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर, ९७ चक्की स्पसपेन र ९० चक्की प्रमोलसहित सोही ठाउँ बस्ने २१ वर्षीय अमृत लिम्बुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  १२ : २४ बजे

धर्मेन्द्र प्रधानको रजीनामापछि कांग्रेस नेताको टिप्पणी- ‘अ डे लेट एन्ड अ डलर सर्ट’

काठमाडौं- भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आएलगत्तै प्रमुख प्रतिपक्षी

मुगुको कार्मारोङमा पहिरो : तीन वर्षीय बालकको मृत्यु

मुगु– मुगुको कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा गएको पहिरोमा परी एक

धर्मेन्द्र प्रधानको राजीनामालाई सोनम वाङ्चुकले भने- लोकतन्त्रको जित

काठमाडौं- सामाजिक अभियान्ता सोनम वाङचुकले भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

डा. केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन

काठमाडौं– २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल

धर्मेन्द्रको राजीनामापछि जन्तर मन्तरमा उत्साह, कक्रोच नेताले के भने ?

नयाँ दिल्ली– भारतीय ​शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई लिएर कक्रोच