डुङ्गेश्वर गाउँपालिकामा लागेको ताला खुल्यो « Khabarhub

डुङ्गेश्वर गाउँपालिकामा लागेको ताला खुल्यो


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– दैलेखको डुङ्गेश्वर गाउँपालिका कार्यालयले निस्कासन गरेका कर्मचारीले लगाएको ताला खुलेको छ । करार नवीकरण गर्न दबाबस्वरूप उनीहरूले सोमबार ताला लगाएका थिए ।

गाउँपालिकाका अध्यक्ष एवं करार कर्मचारीबीच छलफल गर्न बनेको वार्ता टोलीका संयोजक सुन्दरकुमार केसीको अध्यक्षतामा बसेको बैठकले बुधवार दुई बुँदे निर्णय गरेपछि गाउँपालिकामा लगाएको तालाबन्दी खुलेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताए । गाउँपालिकामा लगाएको ताला खुलेको र निर्वाध रुपमा गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह सुचारु भएको उनले बताए ।

३० असारमा बसेको गाउँ कार्यपालिकाको बैठकको गाउँपालिकाबाट तलबभत्ता भुक्तानी हुने करारमा कार्यरत कर्मचारीहरुको १ साउनबाट करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो ।

बैठकले करार सेवामा कार्यरत कर्मचारीको म्याद थप गर्ने सम्बन्धमा गाउँपालिकाको करार कर्मचारी कार्यविधिअनुसार म्याद थप गर्ने गरी आगामी कार्यपालिकाको बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताए ।

गाउँपालिकाले सबै वडा कार्यालयमा कार्यरत बगैंचेहरु, वडा नम्बर ५ र ६ को कार्यालयमा कार्यरत सामाजिक परिचालक बाहेक अन्य सबै वडामा कार्यरत सामाजिक परिचालक, गाउँपालिकामा कार्यरत हलुका सवारी चालक एक जना, विद्यालय तर्फको गेटपाले, माध्यामिक विद्यालयमा रहेका महिला कार्यालय सहयोगी र कम्प्युटर शिक्षकको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो ।

यस्तै गाउँपालिकामा कार्यरत पिटौली र फिल्ड सुपरपाइजर रकचना खानेपानी आयोजनामा कार्यरत प्लम्बर र हेरालु र सामुदायिक स्वास्थ्य इकाई वडा नम्बर ४ मा कार्यरत अहेवको समेत करार सम्झौता नवीकरण नहुने गरी निर्णय भएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  १२ : ४४ बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी