एसपीपी स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग « Khabarhub

एसपीपी स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रले एसपीपी अस्वीकार गर्नेबारे अमेरिकालाई पत्राचार गर्न माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले एसपीपी अस्वीकार गर्ने विषयमा अमेरिकालाई तत्काल पत्राचार गर्न सरकारलाई रुलिङ गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरे ।

गत ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकार गर्ने विषयमा अमेरिकालाई पत्राचार गर्ने निर्णय गरेको थियो भने पत्राचार गर्ने विषयमा छलफल भइरहेको परराष्ट्र मन्त्रालयले बताउँदै आएको छ । सरकारले निर्णय गरेको एक महिना पुगिसक्दा पनि पत्राचार नगरिएपछि सत्ता साझेदार दल माओवादी केन्द्रले सदन र सरकारको ध्यानाकर्षण गराएको हो ।

सरकारले निर्णय गरिसक्दा पनि परराष्ट्र मन्त्रालयले पत्राचार गर्न आनाकानी गर्नु शङ्कास्पद रहेको गुरुङको भनाइ छ । एसपीपीको नाम फेरेर सम्झौता गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

‘ एसपीपी सम्झौता नहुने भएपछि अरू विकल्प नामहरूबाट कन्टेन्ट त्यही राखेर, सैन्य सम्झौताको कन्टेन्ट राखेर अरू विभिन्न नामबाट पनि वर्कआउट गरिरहेको बुझिन्छ । म्युचुअल डिफेन्स ट्रिटी, स्ट्राटिजिक डिफेन्स प्याक्ट नामबाट पनि प्रयास भइरहेको छ । योबाट पनि हुन सकेन भने एमसीसीमा टेकेर स्ट्याटस अफ फोर्स एग्रिमेन्ट (सोफा) गर्ने प्रयासहरू भइरहेको छ । जसरी भए पनि नेपाललाई आईपीएसको पार्ट बनाउने र अमेरिकाको नेसनल गार्डसँग सैन्य सम्झौता गर्ने तयारी भइरहेको छ । यो विषय गम्भीर विषय भएको हुनाले सरकारले गम्भीरतापूर्वक लिनुपर्छ,’ गुरुङले बैठकमा भने ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ३ : २२ बजे

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै

गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ?

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले गगन थापालाई

हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हिजो कपाल फुलेका

दशौँ राष्ट्रिय खेलकुद सर्दैन, तोकिएकै समयमा हुन्छ : शिक्षामन्त्री सस्मित पोखरेल

कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका