हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी « Khabarhub

हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हिजो कपाल फुलेका बुढाहरुले देश बिगारेको अनुभव सुनाउँदै आज कपाल काला भएका युवाले पनि देश बनाउने छनक नरहेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै संरक्षक चौधरीले कांग्रेस सभापति गगन थापातर्फ संकेत गर्दै ६०-७० वटा कपाल फुलेका र १०-१५ वटा जुँगादाह्री फुलेको युवाले देशको नेतृत्व गर्नुपर्ने माग राखेका छन् ।

‘संविधानमा सबै अधिकार लेखिए तर दिएनन् गगनजी हामीले कहिले अधिकार पाउने? नेपालको संविधानमा ६.४% लेखिएको थारु सत्ताको कुर्सीमा कहिले पुग्ने ?’ रेशमले भने, ‘गगनजी तपाईं विश्वास मान्नुहोस् नमान्नुहोस्, हिजो सबै दाह्रीजुँगा फुलेका नेताहरुले देश बिगारे, आज कपाल पूरै काला भएका नेताहरूले पनि देश बनाउने छनक देखाएका छैनन् । अब गगनजी तपाईँ जस्तै १०-१५ वटा दाह्री फुलेको ५०-६० वटा कपाल फुलेको नेताले देश बनाउँछ भन्ने विश्वास छ ।’

जनआन्दोलनमा सँगै सहयात्रा गरेको विषयमा समेत रेशमले गगनको तारिफ गरेका छन् । उनले थारु समुदायको छोरो भएकै कारण आफू राजनीतिमा पछि परेको समेत टिप्पणी गरे । विभिन्न अभियोग लगाएर आफूलाई जेल थुनिएको विषयमा समेत रेशमको असन्तुष्टि थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : २५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको