हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी « Khabarhub

हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हिजो कपाल फुलेका बुढाहरुले देश बिगारेको अनुभव सुनाउँदै आज कपाल काला भएका युवाले पनि देश बनाउने छनक नरहेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै संरक्षक चौधरीले कांग्रेस सभापति गगन थापातर्फ संकेत गर्दै ६०-७० वटा कपाल फुलेका र १०-१५ वटा जुँगादाह्री फुलेको युवाले देशको नेतृत्व गर्नुपर्ने माग राखेका छन् ।

‘संविधानमा सबै अधिकार लेखिए तर दिएनन् गगनजी हामीले कहिले अधिकार पाउने? नेपालको संविधानमा ६.४% लेखिएको थारु सत्ताको कुर्सीमा कहिले पुग्ने ?’ रेशमले भने, ‘गगनजी तपाईं विश्वास मान्नुहोस् नमान्नुहोस्, हिजो सबै दाह्रीजुँगा फुलेका नेताहरुले देश बिगारे, आज कपाल पूरै काला भएका नेताहरूले पनि देश बनाउने छनक देखाएका छैनन् । अब गगनजी तपाईँ जस्तै १०-१५ वटा दाह्री फुलेको ५०-६० वटा कपाल फुलेको नेताले देश बनाउँछ भन्ने विश्वास छ ।’

जनआन्दोलनमा सँगै सहयात्रा गरेको विषयमा समेत रेशमले गगनको तारिफ गरेका छन् । उनले थारु समुदायको छोरो भएकै कारण आफू राजनीतिमा पछि परेको समेत टिप्पणी गरे । विभिन्न अभियोग लगाएर आफूलाई जेल थुनिएको विषयमा समेत रेशमको असन्तुष्टि थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : २५ बजे

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

संविधानका त्रुटि सच्याउनुपर्छ, देश बिग्रँदा सबैलाई क्षति हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका