कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ? « Khabarhub

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका सत्तारूढ तथा प्रमुख राजनीतिक दल र तिनका शीर्ष नेताहरूले सफलताको शुभकामना व्यक्त गरेका छन्।

काठमाडौँको खुलामञ्चमा आइतबारदेखि सुरु भएको महाधिवेशनका लागि भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन र प्रमुख प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले शुभकामना सन्देश पठाएका छन्।

यसैगरी, चिनियाँ कम्युनिस्ट पार्टी, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष एवं स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज तथा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले पनि महाधिवेशन सफलताको कामना गरेका छन्। बेलायतको लेबर पार्टी र इन्टरनेसनल काउन्सिल अफ एसियन पोलिटिकल पार्टीज (आईक्याप) स्ट्यान्डिङ कमिटी लगायत एसिया तथा युरोपका विभिन्न राजनीतिक संस्था तथा दलहरूबाट पनि शुभकामना प्राप्त भएको कांग्रेसले जनाएको छ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने मूल नाराका साथ सुरु भएको कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज २२ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : १९ बजे

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

संविधानका त्रुटि सच्याउनुपर्छ, देश बिग्रँदा सबैलाई क्षति हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका