‘लाइगर’ मार्फत बलिउड आए विजय « Khabarhub

‘लाइगर’ मार्फत बलिउड आए विजय


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सन् २०११ मा साउथ इण्डियन फिल्मनगरीमा उदाएका स्टार हुन्, विजय देवराकोण्डा । डेब्यु फिल्ममा त्यति धेरै चर्चा नभएता पनि उनले डेब्युको पाँच वर्षपछि ‘पेल्ली छोपुलु’ मार्फत दर्शकको मन जिते । त्यसपछि उनको हातमा आयो ‘अर्जुन रेड्डी’ । त्यसपछि त उनले करियरको बारेमा सोच्नै परेन । उनलाई एकपछि अर्को फिल्म अफर हुन् थाल्यो । यिनै विजयले बलिउड प्रवेश गरेका छन् ।

आफ्नै फिल्म ‘डियर कमरेड’ को बलिउड रिमेकमा देखिन गरेको करण जोहरको अफरलाई नकारेका विजयको नयाँ फिल्म हिन्दी भाषामा पनि निर्माण हुने भएको छ । फिल्मलाई बलिउडको तर्फबाट करणले नै निर्माण गर्नेछन् । पुरी जगन्नाथको निर्माण तथा निर्देशन रहने फिल्म ‘लाइगर’ मार्फत विजय डिरेक्ट नर्थ इन्डियन अडियन्स कहाँ आइपुगेका हुन्।

फिल्ममा अनन्या पाण्डे, रम्या कृष्ण र रोनित रोयको पनि अभिनय छ । निर्देशक पुरीको ३७ औ फिल्म रहेको यसमा विजयको एक्सन अवतारलाई दर्शकले देख्न पाउनेछन् । फिल्ममा विजयलाई क्रस्रबिड (वर्णशंकर) चरित्रमा प्रस्तुत गरियो भन्ने तथ्यलाई सार्वजनिक ट्रेलरले प्रस्ट्याएको छ। विजयको एक्सन दृश्य र अवतार मात्र हैन, राम्याको शक्तिशाली उपस्थितिले ट्रेलरलाई आकर्षक बनाएको छ। बक्सिङ लिजेन्ड माइक टायसनले पनि उल्लेखनीय केमियो प्रस्तुत गरेका छन् । 

अर्जुन रेड्डीसँगै गीता गोविन्दम पनि विजयको ब्लकबस्टर फिल्म हो । यिनै फिल्म मार्फत उनले बलिउडमा पनि राम्रै फ्यान बनाउन सफल भएका छन् । अब , हेरौ उनलाई हिन्दी भाषामा कस्तो सुनिन्छ । साथै , दर्शकको कमेन्ट कस्तो हुन्छ !

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ३ : २५ बजे

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

झापा– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको

जाजरकोटको रिसाङमा पहिरो: दुई जना बेपत्ता, सात घाइते

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६