संसारकै सबैभन्दा वृद्ध पाण्डाको मृत्यु « Khabarhub

संसारकै सबैभन्दा वृद्ध पाण्डाको मृत्यु


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हङकङमा संसारको सबैभन्दा वृद्ध पाण्डाको मृत्यु भएको छ । मानव हेरचाहमा रहेको संसारको सबैभन्दा बुढो पाण्डा एनएनको बिहीबार ३५ वर्षको उमेरमा मृत्यु भएको हो । उक्त पाण्डाको उमेर मानिसका उमेरको अनुपातमा १०५ वर्ष बराबर रहेको हङकङ थिम पार्कले जनाएको छ ।

एनएनको स्वास्थ्य विगतका केही हप्ताहरूमा लगातार खराबी हुँदै गएको थियो । उसले थोरै खान थालेको उक्त पाण्डा बस्दै आएको ओसियन पार्कले जनाएको छ ।

विगत केही सातायाता एनएनको स्वास्थ्य बिग्रदै जाँदा उसले हिँडडुल गर्न मात्र छाडेन, चारोसमेत खाएन । हङकङको ओसन पार्कले एनएनको स्मृतिमा उसकै खोरमा शोक पुस्तिका राख्ने भएको छ । एनएनलाई उसको चलाखी र चञ्चलताका निम्ति क्लबले सधैँ सम्झिइरहने बताएको छ ।

संसारमा सबैभन्दा लामो समय जीवित रहेको जियाजिया नामको पोथी पाण्डासँगै ११ मार्च १९९९ मा पार्कमा एनएनलाई ल्याइएको थियो । एनएनलाई चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानबाट ल्याइएको बताइएको छ । सन् २०१६ मा ३८ वर्षको उमेरमा जियाजियाको मृत्यु भएपछि एनएनले एक्लोपन महसुस गर्न थालेको थियो ।

बेलायतले हङहङलाई मुख्यभूमि चीनसमक्ष हस्तान्तरण गरेको अवसर पारेर पाण्डा संरक्षण तथा अनुसन्धान केन्द्रबाट केन्द्र सरकारले हङकङ विशेष प्रशासन क्षेत्रलाई विशाल पाण्डा अध्ययन–अनुसन्धानका निम्ति प्रदान गरेको थियो ।

प्राकृतिक वासस्थानमा पाण्डाको औसत आयु २० वर्षको हुने गरेको छ भने मानव स्याहार पाउँदा थप १० वर्ष बाँच्नसक्ने अध्ययनले देखाएको छ । पर्यावरणीय सन्तुलन एवम् जैविक विविधता कायम गर्न पाण्डा उपयोगी जनावर हुन् ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ४ : ४९ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको