राप्रपाले थाल्यो आगामी निर्वाचनको तयारी, १५ दिनभित्र कार्य योजना तयार पार्ने « Khabarhub

राप्रपाले थाल्यो आगामी निर्वाचनको तयारी, १५ दिनभित्र कार्य योजना तयार पार्ने


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी थालेको छ ।

काठमाडौँमा बिहीबारबाट सुरु भएको दुई दिने केन्द्रीय समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पेस गरेको राजनीतिक प्रतिवेदनमा मंसिरको पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने देखिएको र यसको तयारीका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गर्ने प्रस्ताव गरेका छन् ।

केन्द्रीय अध्यक्षको अध्यक्षतामा गठन हुने सो समितिले १५ दिनभित्र निर्वाचनको तयारी सम्बन्धी विस्तृत कार्य योजना तयार गर्ने उनले उल्लेख गरेका छन् ।

सार्थै जिल्ला अध्यक्षको अध्यक्षतामा जिल्ला निर्वाचन परिचालन समिति गठन गर्न पनि अध्यक्ष लिङ्देनले प्रस्ताव गरेका छन् । उपयुक्त र लोकप्रिय उम्मेद्वारहरुको सम्भावित नामावली संकलन प्रारम्भ गर्ने उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

स्वतन्त्र व्यक्तिहरूलाई राप्रपाबाट निर्वाचनमा उम्मेदवार हुन सार्वजनिक रुपले आह्वान गरी सकिएको र सबै जिल्ला समितिहरूले सम्पर्क र अनुगमन प्रारम्भ गर्ने लिङ्देनको प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचन आयोगले २ मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्न मिति प्रस्ताव गरे पनि सरकारले यसबारे निर्णय भने गरेको छैन।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ६ : ०६ बजे

रवि, बालेन र कुलमानबीच भएको सहमतिमा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता