वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्‍यो १ अर्ब ३५ करोड « Khabarhub

वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्‍यो १ अर्ब ३५ करोड


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋण दायित्वको किस्ताबापतको रु एक अर्ब ३५ करोड भुक्तानी गरेको छ ।

निगमले डेढ वर्षको दौरानमा तिर्न नसकेको किस्ता रकम निगमको नयाँ व्यवस्थापन आएसँगै आठ महिनामा आर्थिक सुधार भएकाले उक्त रकम भुक्तानी गर्न सफल भएको निगमका एक उच्च अधिकारीले बताए। उनले भने, “डेढ वर्षको दौरानमा तिर्न नसकेको रकम नयाँ नेतृत्व आएको आठ महिनाभित्रै तिर्न सफल भएको छ । फ्लाइट अकुपेन्सी बढ्नुका साथै उडान गन्तव्य पनि विस्तार भएकाले निगमले ऋण दायित्व भुक्तानी गर्न सफल भएको हो ।”

निगमले पछिल्लो पटक गत असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति लिएको ऋणको किस्ताबापतको रकम तिरेको जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार कर्मचारी सञ्चय कोषलाई न्यारोबडी जहाज खरिदबापतको रु ४५ करोड र वाइडबडी जहाज खरिदबापतको रु ४५ करोड गरी जम्मा रु ९० करोड किस्ताबापतको रकम भुक्तानी गरिएको छ ।

त्यसै गरी नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको रु ४५ करोड भुक्तानी गरिएको छ । कोभिड महामारीका कारण निगमको आम्दानी खुम्चिएकाले समयमै किस्ता तिर्न नसकेको निगमले उल्लेख गरेको छ ।

कोभिड महामारी सहज भएसँगै स्वास्थ्य मापदण्डमा आएको विश्वव्यापी खुलापनले अन्तर्राष्ट्रिय उडानमा सहजता, सिट अकुपेन्सी, गन्तव्य विस्तार आदि कारणले निगमको आम्दानीमा सुधार आएकाले किस्ता तिर्न सफल भएको निगमले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ७ : ०० बजे

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभए सम्म

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक पद

एसईई दिएका विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै महावै

मान्म– यहाँको महावै गाउँपालिकाले एसईई दिएर बसेका विद्यार्थीलाई शैक्षिक परामर्श

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मी– गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान

सम्पत्ति छानबिन आयोग गठन गर्ने निर्णयप्रति नेडेवको स्वागत, पारदर्शितामा जोड

काठमाडौं – नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था