गाउँपालिकाले करार कर्मचारी हटाएपछि ठाटीकाँधमा एमालेको विरोध « Khabarhub

गाउँपालिकाले करार कर्मचारी हटाएपछि ठाटीकाँधमा एमालेको विरोध


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– दैलेखको ठाटीकाँध गाउँपालिकाले करार कर्मचारी हटाएपछि एमालेले विरोध गरेको छ । नेकपा (एमाले) ठाटीकाँध गाउँपालिका कमिटीले बिहीबार विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो ।

एमालेले ठाटीकाँध गाउँपालिकाले राजनैतिक प्रतिशोधका आधारमा सत्ता र शक्तिको दुरुपयोग गरेको भन्दै आरोप लगाएको छ । गत असार २८ गते ठाटीकाँध गाउँपालिकाले एक सूचना जारी गर्दै विगतको सरकारले स्थानीय तहमा कर्मचारी अभावमा नियुक्ति गरेका कर्मचारीलाई नियमित कार्य सञ्चालन गर्न कठिनाइ भएको भन्दै करारका कर्मचारीलाई हटाएको थियो ।

उक्त विषयलाई लिएर एमाले ठाटीकाँध गाउँपालिका कमिटी अध्यक्ष कुमारविक्रम शाहीले विभिन्न समयमा प्रक्रिया पूरा गरी रिक्त दरबन्दीमा करार सेवामा नियुक्ति प्राप्तका करार कर्मचारीहरूलाई करार सम्झौता सम्बन्धी मापदण्ड २०७८ को नियम विपरित हटाएको भन्दै विरोध जनाए । उनले भने, ‘पालिकाले गरेको कर्मचारीको करार म्याद थप नगर्ने निर्णयप्रति हाम्रो पार्टीले घोर भर्त्सना गर्दछ ।’

यस्तै, एमालेले सङ्घीय सरकार मार्फत पालिकामा लामो समयदेखि अस्थायी दरबन्दीमा नियुक्ति भई विभिन्न विषयगत शाखामा कार्यरत कर्मचारीहरूको कार्यसम्पादन, स्तर, मूल्यांकन तथा थप नयाँ अवधिको लागि राजनीतिक आग्रह र पूर्वाग्रहबाट स्थानीय सरकार सञ्चालन गर्न खोज्नु स्थानीय सरकार र स्थानीय जनताको भावना विपरीतको कार्य भएको ठहर गरेको छ ।

एमालेले गैर–राजनीतिक क्रियाकलापहरू यथाशीघ्र बन्द गर्न स्थानीय सरकार लाई ध्यानाकर्षण समेत गराएको छ । साथै पालिकामा यसअघि कामकाज गरिरहेका करार कर्मचारीहरूलाई काममा निरन्तरता दिन आग्रह गरेको छ ।

यदि पालिकाले कुनै पनि सुनुवाइ नगरेमा र राजनैतिक प्रतिशोधका आधारमा सत्ता र शक्तिको दुरुपयोग गरेमा न्याय र समानताको लागि एमाले ठाटीकाँधले जस्तो सुकै कदम चाल्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ८ : ३१ बजे

बालेन भन्छन्ः म नेपाल हाँसेको हेर्न चाहन्छु

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूले नेपाल हाँसेको

नेकपाको बन्दसूचीमा मित्र परियारदेखि पञ्चा सिंहसम्म

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले यसअघिसम्म मन्त्री

रवि, बालेन र कुलमानबीच भएको सहमतिमा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते