चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने « Khabarhub

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा निकट सहयोगी राष्ट्रको लागि तोकिएका दरभन्दा कम अस्थायी आयात शुल्क दरहरू लागू गर्ने घोषणा गरेको छ ।

“यस कदमको उद्देश्य घरेलु र अन्तरराष्ट्रिय बजार बीचको तालमेल बढाउनु र उच्च गुणस्तरका सामानको आपूर्ति विस्तार गर्दा दुवै पक्षको स्रोतलाई सुधारिएको तरिकाले उपयोग गर्नु हो,” चिनियाँ राज्य परिषद् भन्सार शुल्क आयोगको निर्देशनमा उल्लेख छ।

निर्देशनमा भनिएको छ, “चीनले उच्च स्तरको प्राविधिक आत्मनिर्भरतालाई सहयोग पुर्याउन र मानवीय कल्याणका लागि केही प्रमुख उत्पादन र उन्नत सामग्री, हरित विकासलाई सहजीकरण गर्न निश्चित स्रोत र कृत्रिम रक्तनलीहरूसहित केही चिकित्सा उत्पादनहरूमा कर घटाउनेछ ।”

चीनले अर्को वर्ष कर शीर्षक र राष्ट्रिय उपशीर्षकहरूमा पनि सु्धार गर्नेछ । प्राविधिक प्रगति र अर्थतन्त्रजस्ता क्षेत्रहरूको विकासलाई टोवा पु¥याउन चीनले ‘इन्टेलिजेन्ट बायोनिक रोबोट’ र ‘बायो–एभिएसन इन्धन’ लगायतका उत्पादनहरूको लागि राष्ट्रिय उपशीर्षकहरू थप्नेछ।

२४ स्वतन्त्र व्यापार सम्झौताहरू र माथि उल्लिखित व्यापार साझेदारहरूसँग हस्ताक्षर गरिएको अग्राधिकार व्यापार व्यवस्था अनुसार आर्थिक र व्यापार सहयोगलाई गहिरो बनाउन र क्षेत्रीय एकीकरणलाई बढावा दिन चीनले सन् २०२६ मा आफ्ना ३४ व्यापारिक साझेदारहरूबाट उत्पन्न हुने केही आयातित वस्तुहरूमा सहमत कर दरहरू लागू गर्नेछ ।

अर्को वर्ष चीनसँग कुटनीतिक सम्बन्ध स्थापित गरेका ४३ अल्पविकसित मुलुकका लागि शतप्रतिशत कर छुटको मार्गमा चीनले शून्य कर नीतिको व्यवहार गर्नेछ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ८ : ४२ बजे

पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै

कास्की– पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका

अय्यरको शतकमा पञ्जाबको सानदार जित

काठमाडौँ – श्रेयस अय्यरको सानदार अविजित शतकको मद्दतले पञ्जाब किङ्सले

वीरगञ्जबाट १० महिनामा करिब ८ खर्बको सामान भित्रियो

वीरगन्ज– वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष (आव)को १०

एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा

काभ्रेको पाँचखालमा साप्ताहिक कृषि हाटबजार सञ्चालन

काभ्रेपलाञ्चोक– काभ्रेको पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ