जापानमा कोभिड-१९ को सातौँं लहर « Khabarhub

जापानमा कोभिड-१९ को सातौँं लहर


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानले कोभिड १९ को सातौँं लहरले देशव्यापी प्रभाव पारेको बिहीबार जनाएको छ ।

कोभिड–१९ बाट सङ्क्रमितको दर उच्च बन्दै गएपछि जापानको यो भनाइ आएको हो ।

पछिल्लो २४ घण्टामा जापानमा एक लाख ८६ हजार २४६ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राजधानी टोकियोमा सङ्क्रमणहरू अहिलेसम्मकै सबैभन्दा बढी देखिएको छ । पछिल्लो २४ घण्टामा राष्ट्रव्यापी सङ्क्रमितको सङ्ख्या बुधबार रिपोर्ट गरिएका एक लाख ५२ हजार ५३६ भन्दा करिब २० हजारले बढी अर्थात् एक लाख ८६ हजार २४६ रहेको छ ।

ओसाका र फुकुओका प्रिफेक्चरहरूले पनि बिहीबार नयाँ दैनिक सङ्क्रमितको उच्च रेकर्ड रहेको जनाएको छ । यो भाइरसको अत्यधिक सर्नसक्ने क्षमता रहेको मानिएको बीए–५ ओमिक्रोन उप–प्रजातीले सङ्क्रमण दरलाई उच्च बनाएको छ ।

सरकारी अधिकारीले राजधानीका बासिन्दाहरूलाई बुस्टर मात्रा प्राप्त गर्न र अन्य एन्टिभाइरल उपायहरू अपनाउन आग्रह गरेका छन् ।

मन्त्रिपरिषद्का मुख्य सचिव तथा प्रवक्ता हिरोकाजु मात्सुनोले भने, “चिकित्सा प्रणालीमा अधिकतम सावधानीपूर्वक प्रभाव हेर्नु आवश्यक छ । तथापि, नियमित गतिविधिमा लगाइने प्रतिबन्धले अर्थतन्त्रलाई प्रभाव पार्ने हुँदा अहिलेको अवस्थामा नियन्त्रणका लागि कुनै प्रतिबन्ध लगाउने सम्भावना छैन ।”

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ९ : ०० बजे

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दशैँअघि सञ्चालनमा ल्याउने लक्ष्य

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएपछि