जापानमा कोभिड-१९ को सातौँं लहर « Khabarhub

जापानमा कोभिड-१९ को सातौँं लहर


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानले कोभिड १९ को सातौँं लहरले देशव्यापी प्रभाव पारेको बिहीबार जनाएको छ ।

कोभिड–१९ बाट सङ्क्रमितको दर उच्च बन्दै गएपछि जापानको यो भनाइ आएको हो ।

पछिल्लो २४ घण्टामा जापानमा एक लाख ८६ हजार २४६ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राजधानी टोकियोमा सङ्क्रमणहरू अहिलेसम्मकै सबैभन्दा बढी देखिएको छ । पछिल्लो २४ घण्टामा राष्ट्रव्यापी सङ्क्रमितको सङ्ख्या बुधबार रिपोर्ट गरिएका एक लाख ५२ हजार ५३६ भन्दा करिब २० हजारले बढी अर्थात् एक लाख ८६ हजार २४६ रहेको छ ।

ओसाका र फुकुओका प्रिफेक्चरहरूले पनि बिहीबार नयाँ दैनिक सङ्क्रमितको उच्च रेकर्ड रहेको जनाएको छ । यो भाइरसको अत्यधिक सर्नसक्ने क्षमता रहेको मानिएको बीए–५ ओमिक्रोन उप–प्रजातीले सङ्क्रमण दरलाई उच्च बनाएको छ ।

सरकारी अधिकारीले राजधानीका बासिन्दाहरूलाई बुस्टर मात्रा प्राप्त गर्न र अन्य एन्टिभाइरल उपायहरू अपनाउन आग्रह गरेका छन् ।

मन्त्रिपरिषद्का मुख्य सचिव तथा प्रवक्ता हिरोकाजु मात्सुनोले भने, “चिकित्सा प्रणालीमा अधिकतम सावधानीपूर्वक प्रभाव हेर्नु आवश्यक छ । तथापि, नियमित गतिविधिमा लगाइने प्रतिबन्धले अर्थतन्त्रलाई प्रभाव पार्ने हुँदा अहिलेको अवस्थामा नियन्त्रणका लागि कुनै प्रतिबन्ध लगाउने सम्भावना छैन ।”

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ९ : ०० बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल