पृथ्वी राजमार्गमा बस र माइक्रो ठोक्किदा एकको मृत्यु, १४ जना घाइते | Khabarhub Khabarhub

पृथ्वी राजमार्गमा बस र माइक्रो ठोक्किदा एकको मृत्यु, १४ जना घाइते


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – इच्छाकामना गाउँपालिका–३ स्थित पृथ्वी राजमार्गको चुम्लिङटारमा बस र माइक्रो ठोक्किदा घाइते भएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ ।

पहिचान नखुलेको अन्दाजी ३६ वर्षको पुरुषको चितवन मेडिकल कलेजमा आज साँझ ७ः४५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

काठमाडौंबाट बझाङतर्फ आउँदै गरेको ना ६ ख १३४० नम्बरको बस र बुटवलबाट काठमाण्डौ जाँदै गरेको लु २ ख ३५०२ नम्बरको माइक्रो आज साँझ ५ः२० बजेको समयमा ठोक्किदा १४ जना घाइते भएका थिए ।

माइक्रोमा सवार गुल्मी तम्घास नगरपालिका–१ बस्ने वर्ष २७ को आशिष पन्थी, रुपन्देही देवदह नगरपालिका–६ बस्ने वर्ष २६ की लक्ष्मी श्रेष्ठ, सुनसरी हरिनगर गाउँपालिका–५ बस्ने वर्ष ४३ को प्रकाश कुमार मेहेताको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

माइक्रो चालक रुपन्देही बुटवल उप–महानगरपालिका–२ बस्ने वर्ष २५ को कमल दर्जी, माइक्रो साहु नवलपरासी सुनौल नगरपालिका–७ बस्ने वर्ष ३० को कृष्ण बहादुर राक्स्य, चितवान भरतपुर महानगरपालिका–११ भोजाड बस्ने वर्ष ३७ को शुसिला पौड्याल, उनकी छोरी वर्ष १२ की दिप शिखा पौड्याल, छोरा वर्ष १० को दिप्सन पौड्यालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको अधिकारीले जानकारी दिए ।

त्यस्तै, नवलपुर गैडाकोट नगरपालिका–२ बस्ने वर्ष ४० की पार्वती ढकाल, गुल्मी मदाने गाउँपालिका–६ बस्ने वर्ष ४० को कृष्ण बहादुर घर्ती क्षेत्री, नवलपरासी मध्यबिन्दु नगरपालिका–११ बस्ने वर्ष ३४ को बाबुराम परियार, देवदह नगरपालिका–२ बस्ने वर्ष २२ को शिब सारु र गैडाकोट–२ बस्ने वर्ष १२ की नुतन ढकालको पनि सोहि कलेजमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  १० : ४६ बजे

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध