क्यान्सरको कारणले पनि घाँटी खसखसाउने हुन्छ | Khabarhub Khabarhub

क्यान्सरको कारणले पनि घाँटी खसखसाउने हुन्छ

‘टन्सिल पाक्ने समस्या हुँदा चुरोट र रक्सी पिउन छोड्नुपर्छ’



काठमाडौँ : अहिले मनसुन र गर्मीको मौसम चलिरहेको छ । यो मौसमले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पनि पारिरहेको हुन्छ । मौसम परिवर्तन हुने क्रममा हामीलाई घाँटी दुख्नु, चिसो लाग्नु सामान्य कुरा हो । तर कहिलेकाँही यो समस्याले धेरै तनाव दिन पनि सक्छ । नाक, कान र घाँटीको समस्याले पनि घाँटीमा खसखस हुन्छ । सामान्यजस्तो लागे पनि घाँटीमा खसखस हुनु गम्भीर रोगको लक्षण पनि हुन सक्छ । धेरै नै गाह्रो भयो भने चाँडोभन्दा चाँडो त्यसको उपचार गराउनु नै उचित हुने चिकित्सकले बताएका छन् । कोसी अस्पतालमा कार्यरत नाक, कान घाँटी रोग विशेषज्ञ डाक्टर रौनक दाहालसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय घाँटी दुख्ने वा खसखसाउने समस्या धेरै बढेको छ । यस्ता समस्या लिएर बिरामी कत्तिको आउनुहुन्छ ?
यो मौसममा धुलो धुवा, चिसो, कुकुर बिरालोको रौँहरूले गर्दा धेरै घाँटी दुख्ने वा खसखसाउने बिरामीहरू धेरै आउनु हुन्छ ।

घाँटी दुख्ने वा खसखसाउने समस्या कतिको फरक हुन्छ ?
यो कतिपय रोगमा सँगसँगै हुन्छ । कतिपयमा छुट्टै हुन्छन् । यदि पानीको कमीले गर्दा डिहाइड्रेसनले भएर प्रेसरको औषधिले, एलर्जीले ग्यास्ट्रिकले गर्दा खसखसाउने भएको हो भने त्यो दुखाइहरू नहुने हुन्छ । अरूमा क्यान्सरले भएको, इन्फेक्सनले गर्दा भएको हो भने दुखाइ पनि हुन्छ ।

तपाई कार्यरत अस्पतालमा कस्तो व्यक्तिमा यो समस्या धेरै देखिएको छ ?
वृद्ध व्यक्तिहरूमा रोगसँग लड्न सक्ने क्षमता कम भएको कारणले छिटो इन्फेक्सन हुने देखिन्छ । तर बच्चादेखि जुनसुकै उमेर समूहका बिरामीहरू आउनु हुन्छ ।

यो समस्यालाई कसैले टन्सिल पनि भन्नु भएको छ । यो तिन ओटै समस्या एउटै कारणले हुने हो ?
घाँटी खसखसाउने टन्सिलको इन्फेक्सन अर्थात टन्सिल पाक्ने समस्या हो । त्यो चाहिँ सुरुवातमा घाँटी खसखसाउनेबाट हुन्छ पछि गएर दुख्ने खाना खादा दुख्ने हुन्छ ।

यो समस्या भए पछि हामीले घरमा नै कसरी उपचार गर्न सकिन्छ ?
घरमा चिसो नखाने धुलो धुवाबाट टाढा रहने मनतातो पानीमा नुन राखेर कुल्ला गर्ने मह खाने झोलिलो कुरा खाने गर्नुपर्छ ।

अस्पताल गएपछि उपचार कस्तो हुन्छ ?
पहिला हामीले के कारणले भएको हो त्यो इन्डोस्कोपी गरेर र्हेर्छौँ । के को एलर्जीले गर्दा भएको हो । त्यो पता लगाउँछौँ, धूम्रपान सेवन गरेको छ भने त्यसलाई रोक्छौँ । प्रेसको औषधिले गर्दा हो भनी छुट्याउछौँ ।

समयमा नै उपचार नगरेपछि जोखिम कस्तो हुन सक्छ ?
कतिपयलाई क्यान्सरको कारणले पनि भएको हुन सक्छ । त्यसले पछि गएर ठुलो घाउ हुने र पछि गएर विकराल अवस्था ल्याउँछ । ग्यास्ट्रिकले गर्दा हो भने पछि गएर अल्सर पनि हुन सक्छ । कतिपय सामान्य हुन सक्छ । कतिपयको गाह्रो हुन्छ । यदि धेरै घरेलु उपचार गरेर पनि निको भएको छैन भने घाँटी खसखसाउने साथ साथै दुख्ने पनि बोली भासिने छ भने अस्पताल जानु नै बेस हुन्छ ।

यो फ्रिजमा राखेको वा चिसो खानेकुरा खायो भने पनि समस्या आउँछ ?
चिसोको एलर्जी जुन कोल्ड एलर्जी भनिन्छ त्यसले चिसोको एलर्जी भएको मान्छेलाई यसले असर गर्दछ । घाँटीको पाछिएको रातो पना जुन पाक्ने अवस्थाहरू आउने तातोले कम गर्छ । चिसोले ब्याक्टेरियाहरू बढाउने हुन्छ ।

कतिपयले फ्रिजमा राखेर खानेकुरा खाएपछि वा कतिपयले यो जति खाना वा पानी तताएर खाएपनि घाटी खसखसाउने समस्या रोकिदैन भनिन्छ, यसमा कतिको सत्यता छ ?
जे कुरा पनि फ्रेस नै खाएको राम्रो हुन्छ । धेरै समय फ्रिजमा राखेर खाँदा फुड पोइजन पनि हुन सक्छ ।

यो घाँटी खसखसाउने समस्यालाई मानसिक समस्याका रूपमा पनि हेरेको पाइन्छ, यसको वास्तविकता के हो?
मानसिक समस्याका कारणले पनि घाँटी खसखसाउने, अड्किने हुन्छ । ग्लोबस भन्ने एउटा रोग हुन्छ । सबै कुराहरू हेर्छौँ सबै कारणहरू नर्मल हुने तर बिरामीलाई अड्किने समस्या हुन्छ । र हामी पनि यो मानसिक कारणले हो भनेर मनोचिकित्सक कहाँ सल्लाह लिन पठाउँछौँ । यो जुन उमेरमा पनि हुन्छ ।

घाँटी दुख्ने वा खसखसाउने र टन्सिल भएर उपचार गर्नु भएको छ भने उहाँहरूले के के कुरामा ध्यान दिने त ?
पहिला हामीले के कारणले भएको हो पत्ता लगाउँछौँ । एलर्जीहरू के कारणले भएको हो त्यो बाट टाढा बस्ने । ग्यास्ट्रिकको कारणले भएको हो भने चिल्लो पिरो नखाने, खाना खाएको २ घण्टा पछि अग्लो सिरानी हालेर सुत्ने । पानीको मात्रा कम भएर भएको हो भने पानी र झोलिलो खाना खाने गर्नुपर्छ । धेरै बोल्ने मान्छेहरूमा पनि यो समस्या आउँछ त्यसैले आराम गर्दै बोल्ने । चुरोट रक्सी सेवन गर्ने मान्छे छ भने त्यो छोड्ने । सधैँ बिहान बेलुका मनतातो पानीमा नुन हालेर कुल्ला गर्ने गर्नुपर्छ । पर्याप्त मात्रामा व्यायाम गर्ने गर्नुपर्छ ।

अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?
यो समस्या धेरै जनाको केसमा सामान्य हो । सामान्य भन्दै बस्दा कतिपय केसमा यसले पछि गएर विकराल अवस्था ल्याउँछ । लामो समय सम्म निको भएन भने अस्पताल जाने, चुरोट रक्सीको सेवन गरिन्छ भने त्यसलाई बन्द गर्नुपर्छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ८ : १६ बजे

अफगानिस्तानमा विस्फोट : तीन बालबालिकाको मृत्यु, तीन घाइते

काबुल – अफगानिस्तानको बडाख्शान प्रान्तको जेबाक जिल्लामा शुक्रबार बिहान बारुद

गण्डकीमा कर्मचारी व्यवस्थापनमा मनोमानी, गुनासो आए मुख्यमन्त्रीको सचिवालयलाई देखाउँदै पन्छिँदै

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कात्तिक १२ गते

मोरङको सुन्दरहरैँचास्थित पञ्चायत मावि भवनको शिलान्यास

काठमाडौं– मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं– एनसेलका ग्राहकले एनसेल एपमार्फत अब प्रत्येक१०० रुपैयाँ र सो भन्दा