नेपाली होटल व्यवसायी सङ्घको अध्यक्षमा ढकाल निर्वाचित « Khabarhub

नेपाली होटल व्यवसायी सङ्घको अध्यक्षमा ढकाल निर्वाचित


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली होटल व्यवसायी सङ्घको अध्यक्षमा गणेश ढकाल निर्वाचित भएका छन् ।

सङ्घको शनिबार सम्पन्न २०औँ वार्षिक साधारणसभा एवं १२औँ अधिवेशनबाट ढकालको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

सङ्घको प्रथम उपाध्यक्षमा काजीबहादुर कटुवाल, द्वितीय उपाध्यक्षमा प्रकाश राई, महासचिवमा समदेन (दीपक) लामा, सचिवमा चन्द्रबहादुर गोदार, कोषाध्यक्षमा इन्द्रप्रसाद ढकाल र कोषाध्यक्षमा दुर्गा थापा निर्वाचित भएका छन् ।

सदस्यमा शेरबहादुर विष्ट, पुष्पराज तामाङ, शेरबहादुर कार्की, अम्बर रिजाल, यामबहादुर राना, जयलाल श्रेष्ठ, प्रेमबहादुर सिंजाली, देवराज घिमिरे, शोभाखर न्यौपाने, लिलावल्लभ पराजुली र भूपराज दाहाल चयन भएका छन् ।

होटल व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने उद्देश्यले विस २०५७ मा स्थापना भएको नेपाली होटल व्यवसायी सङ्घमा चार सय व्यवसायी आवद्ध छन्।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १० : ५६ बजे

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत