एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु « Khabarhub

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि छानबिन सुरु गरेको छ ।

रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै सांसद सुनारले फोनमार्फत एक महिलामाथि दुर्व्यवहार गरेको भनिएको टेलिफोन अडियोबारे छानबिन सुरु गरिएको जनाएको छ ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको जानकारी दिइएको छ ।

छानबिन जारी रहँदासम्म सांसद सुनारलाई कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइएको छ ।

रास्वपाले सांसद सुनारका विषयमा सार्वजनिक भएका विषयहरुको गाम्भीर्यतालाई मनन गरी राज्यका सम्बन्धित निकायहरुबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनेमा विश्वस्त रहेको समेत जनाएको छ ।

रास्वपाले कानुनभन्दा माथि कोही पनि हुँदैन भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको समेत उल्लेख गरेको छ ।

रास्वपाले प्रतिनिधिसभा सदस्य सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र निजका विषयमा उठाइएका गम्भीर प्रश्नहरुमाथि पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आरोपका रुपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पु¥याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषयहरु अन्त्यन्तै संवेदनशील रहेको जनाएको छ ।

विज्ञप्तिमा रास्वपा महिलामाथि हुने कुनै पनि प्रकारका दुव्र्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसूरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ९ : २१ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५