मापसे गरी सवारी चलाउने २०२ जना कारबाहीमा   « Khabarhub

मापसे गरी सवारी चलाउने २०२ जना कारबाहीमा  


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ६२३ जना सवारी चालकलाई कारबाही गरेको छ।

ट्राफिक नियम उल्लंघन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २०२, लेन अनुशासन पालना नगर्ने ४७, रेड लाइटमा सावरी साधन चलाउने १०५, निषेधित क्षेत्रमा हर्न बजाउने ८७ र नदेखिने गरी नम्बर प्लेट राख्ने २६ जना सवारी चालक रहेका छन् ।

यस्तै, २ हजार १५६ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ११ : ११ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।