पहिरोपीडितको आवास निर्माण कार्य अन्तिम चरणमा « Khabarhub

पहिरोपीडितको आवास निर्माण कार्य अन्तिम चरणमा


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ अर्खलेगाउँका पहिरोपीडितका लागि आवास निर्माण कार्य अन्तिम चरण पुगेको छ । गाउँका १८ घरलाई स्थानान्तरणका लागि घर निर्माण भइरहेको र अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार पहिरोले गाउँ नै जोखिममा परेपछि स्थानान्तरणका लागि पहल गरी काम थालिएको हो ।

संघ सरकारसंग समन्वय गरी आवास निर्माणको काम भइरहेको छ । एउटा घर साढे ७ लाख रुपैयाँमा निर्माण हुँदै छ । जग्गा खरिदका लागि तीन लाख र घर बनाउन साढे चार लाख ५० हजार बजेटको व्यवस्था छ । सोही अनुसार किस्ताकिस्तामा भुक्तानी भइरहेको छ । यसमा संघको ५० प्रतिशत, प्रदेशको ३० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत बजेट छ ।

दशैं अगाडि घर निर्माणको काम सकिने र पीडितले नयाँ घरमा बस्न पाउने गाउँपालिकाले जनाएको छ । अर्खले गाउँमा १८ घर छन् । सबै घर जोखिममा परेपछि लाम्पाटा बगरमा ११ घर निर्माण भइरहेको छ । ६ घर अर्खलेबेंसीमा निर्माण भइरहेको छ । एउटा घर बाहुनडाँडामा बन्ने चरणमा छ ।

गाउँमुनिबाट पहिरोले च्याप्दै आएपछि स्थानान्तरणका लागि घर निर्माण भइरहेको छ । अर्खलेबेंसी र अर्खलेबेंसी पारी मर्स्याङ्दी गाउँपालिका ६ को लाम्पाटाबगरमा घर निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ ।

नयाँ घर निर्माण अन्तिम अवस्थामा पुगेको र छिट्टै गाउँबासीलाई स्थानान्तरण गरिने गाउँपालिका अध्यक्ष गुरुङले बताए । अर्खले गाउँमा २०७७ सालदेखि पहिरो खसेको थियो । गाउँमुनिबाट पहिरो आएपछि सिङ्गो गाउँ नै विस्थापित भएको थियो। उनीहरु वडाको सहयोगमा तत्काल विद्यालय र वरपर त्रिपाल टाँगेर बसेका थिए ।

१०० बढी नागरिक अस्थायी रुपमा विस्थापित भएका थिए । हालपनि उनीहरु आफन्तको घर, धन्सारमा बस्दै आएका छन् । गाउँमा पहिरोले समस्या पारेपछि २०७५ सालमै घरमा नबस्न नागरिकलाई भनिएको वडाका पूर्वअध्यक्ष प्रेमबहादुर बस्नेतले बताए । उनका अनुसार दीर्घकालीन रुपमा सर्न नमानेपछि सतर्कता अपनाउन वडा, पालिकाले अनुरोध गर्दै आएको थियो ।

त्यसअघि २०५८ सालमा गाउँ वरपर ठूलो पहिरो आएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १२ : ४५ बजे

भागेर होइन दृढताका साथ चुनौतीको सामना गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भागेर नभइ दृढताका

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछाने र

पकेट क्षेत्रको सुन्तला बगैँचा (फोटो फिचर)

काठमाडौं – यत्तिबेला सुन्तलाको सिजन छ। सुन्तलाका लागि पकेट क्षेत्र

सञ्चारमन्त्री खरेल पोखरामा

पोखरा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पोखरा पुगेका

बालेन-रविको सम्झौताको विरोधमा हर्क साम्पाङ- मिडिया ट्रायल गरेर प्रधानमन्त्री घोषणा गरेछन्

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिका प्रमुख