रौतहट र रुपन्देहीमा करेन्ट लागेर २ जनाको मृत्यु  « Khabarhub

रौतहट र रुपन्देहीमा करेन्ट लागेर २ जनाको मृत्यु 


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रौतहट र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

रौतहटको मौलापुर नगरपालिका–८ बस्ने ४० वर्षीय महेशी राय यादवको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ ।

सोही ठाउँस्थित खेतमा पानीको मोटर जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको नेशनल मेडिकल कलेज वीरगन्ज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मणिग्रामस्थित एक घरमा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मी धुर्कोट गाउँपालिका–५ वस्तु घर भएका २२ वर्षीय प्रदीप भट्टराई रहेका छन् । उनको शनिबार करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर अशक्त भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  २ : १२ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।