पहिलो जितको खोजीमा बार्सिलोना « Khabarhub

पहिलो जितको खोजीमा बार्सिलोना


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ला लिगा फुटबल गत साताबाटै सुरु भइसकेको छ । दोस्रो साता आइपुग्दा साविक विजेता रियल मड्रिडले लगातार दोस्रो जित निकालिसकेको छ भने साविक उपविजेता बार्सिलोना पहिलो जितको खोजीमा छ ।

पहिलो खेलमा घरेलु मैदानमै बार्सिलोना रायो भालेकोनोसँग गोलरहित बराबरीमा रोकियो । जाभि होर्नान्डेजको टिम बार्सिलोना आइतबार रियल सोसिडाड भ्रमणमा निस्कने छ । खेल नेपाली समयअनुसार राति पौने दुई बजे सुरू हुनेछ ।

तर, बार्सिलोनासँगको भेटअघि रियल सोसिडाड पक्कै रमाइलो फेसमा हुने छैन । किनकि पछिल्लो १२ लिग भेटमा २ मात्रै जित निकालेको छ ।

पहिलो खेलमा अट्याकर द्वय रोबर्टो लेवान्डोस्की र राफिन्हाले २१ प्रहार गर्दा पनि बार्सिलोना गोलविहीन भएको थियो । यसैले दोस्रो खेलमा बार्सिलोनाले गोल खाता खोल्न निकै संघर्ष गर्नुपर्नेछ ।

यस्तै, आज नै हुने पहिलो खेलमा सवा ११ बजे एथ्लेटिको मड्रिडले भिल्लारियलको सामना गर्नेछ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  २ : ४७ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।