पहिलो जितको खोजीमा बार्सिलोना « Khabarhub

पहिलो जितको खोजीमा बार्सिलोना


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ला लिगा फुटबल गत साताबाटै सुरु भइसकेको छ । दोस्रो साता आइपुग्दा साविक विजेता रियल मड्रिडले लगातार दोस्रो जित निकालिसकेको छ भने साविक उपविजेता बार्सिलोना पहिलो जितको खोजीमा छ ।

पहिलो खेलमा घरेलु मैदानमै बार्सिलोना रायो भालेकोनोसँग गोलरहित बराबरीमा रोकियो । जाभि होर्नान्डेजको टिम बार्सिलोना आइतबार रियल सोसिडाड भ्रमणमा निस्कने छ । खेल नेपाली समयअनुसार राति पौने दुई बजे सुरू हुनेछ ।

तर, बार्सिलोनासँगको भेटअघि रियल सोसिडाड पक्कै रमाइलो फेसमा हुने छैन । किनकि पछिल्लो १२ लिग भेटमा २ मात्रै जित निकालेको छ ।

पहिलो खेलमा अट्याकर द्वय रोबर्टो लेवान्डोस्की र राफिन्हाले २१ प्रहार गर्दा पनि बार्सिलोना गोलविहीन भएको थियो । यसैले दोस्रो खेलमा बार्सिलोनाले गोल खाता खोल्न निकै संघर्ष गर्नुपर्नेछ ।

यस्तै, आज नै हुने पहिलो खेलमा सवा ११ बजे एथ्लेटिको मड्रिडले भिल्लारियलको सामना गर्नेछ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  २ : ४७ बजे

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट

नेपालको सीमानजिकै वीरपुरमा भारतले किन बनाउँदैछ एयरपोर्ट ?

काठमाडौं- नेपालको सुनसरी जिल्लासँग सीमा जोडिएको भारत बिहार राज्यको सुपौल

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

काठमाडौं– सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने

नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

ललितपुर– हरेक वर्षको साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का दिन ललितपुरको

गालीगलौजमा उत्रिन थाले पार्टी बैठक र प्रतिवेदन छल्दै हिँडेका ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह प्रदेश कोशी