निर्वाचन बिथोल्नेलाई कारबाही हुन नसक्दा मनोबल बढ्दै गयो : प्रमुख आयुक्त थपलिया « Khabarhub

निर्वाचन बिथोल्नेलाई कारबाही हुन नसक्दा मनोबल बढ्दै गयो : प्रमुख आयुक्त थपलिया


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन बिथोल्नेलाई तत्काल कारबाही हुन नसक्दा त्यस्ता तत्त्वहरूको मनोबल बढ्दै गएको बताएका छन्।

आइतबार ललितपुरमा सञ्चारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रममा थपलियाले निर्वाचन बिथोल्ने कार्य कानून विपरीत भएको भन्दै त्यस्ता तत्त्वलाई कारबाही हुन नसक्दा मनोबल बढ्दै गएको बताएका हुन् ।

उनले स्थानीय तहको निर्वाचन एकै चरणमा गरेको अनुभवका आधारमा सरकारलाई एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न आग्रह गरिएको र सरकारले सोही अनुरूप मिति तय गरेको जिकिर गरे। एकै चरणमा निर्वाचन गर्दा व्यवस्थापनका साथै अन्य निर्वाचन खर्च पनि घट्ने उनको भनाइ छ।

थपलियाले निर्वाचनको तयारीका लागि आयोगले पर्याप्त समय नपाए पनि आयोगले तीव्र रूपमा आफ्नो काम अघि बढाएको जिकिर गरे।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ४ : १० बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको