चीनको सम्भावित आक्रमणको जवाफ दिन जापानले लामो दुरीको क्रुज क्षेप्यास्त्र तैनाथ गर्ने « Khabarhub

चीनको सम्भावित आक्रमणको जवाफ दिन जापानले लामो दुरीको क्रुज क्षेप्यास्त्र तैनाथ गर्ने


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको सम्भावित आक्रमणको जवाफका लागि जापानले लामो दुरीको क्रुज क्षेप्यास्त्र तैनाथ गर्नेबारे तयारी गरिरहेको खुलासा भएको छ ।

जापानको योमिउरी अखबारले आइतबार जनाएअनुसार जापानले १ हजार लामो दुरीसम्म मार हान्न सक्ने क्रुज क्षेप्यास्त्र तैनाथ गर्न लागेको हो ।

सरकारी स्रोतलाई उद्धृत गर्दै उक्त अखबारले दिएका जानकारीअनुसार जापानले हाल प्रयोग गर्दै आएका क्षेप्यास्त्रलाई नै सुधार गरी लामो दुरीको क्रुज क्षेप्यास्त्रमा परिणत गरिनेछ । यसअनुसार १ सय किलोमिटरसम्म मार हान्न सक्ने क्षेप्यास्त्रलाई १ हजार किलोमिटरसम्म मार हान्न सक्ने गरी सुधार गरिने समाचारमा जनाइएको छ ।

युद्धपोत एवम् लडाकु विमानमार्फत् प्रहार गर्न सकिने ती क्षेप्यास्त्र जापानको दक्षिणी सानसेई टापुमा तैनाथ गरिनेछ । त्यहाँ तैनाथ गरिएका क्षेप्यास्त्रले उत्तर कोरिया र चीनको तटीय क्षेत्रसम्म मार हान्न सक्ने जनाइएको छ ।

यसबारे जापानको विदेश मन्त्रालयले कुनै टिप्पणी नगरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

दोस्रो विश्वयुद्धयता शान्तिपूर्ण संविधान अङ्गिकार गरेको जापानमा आफ्नो प्रतिरक्षाका लागि मात्र सैन्य शक्तिको प्रयोग गर्ने व्यवस्था छ ।

यद्यपि पछिल्ला केही वर्षयता जापानले आफ्नो रक्षा शक्तिलाई तीव्र गतिमा वृद्धि गरिरहेको बताइन्छ ।

पछिल्लो समय अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेसँगै पूर्वी एसियामा तनाव बढिरहेको अवस्थामा जापानले लामाु दुरीको क्षेप्यास्त्र तैनाथ गर्न लागेको हो ।

चीनले स्वशासित शासन व्यवस्था रहेको ताइवानमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ४ : ५३ बजे

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं– नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले

दलको कार्यालय पुग्दै रास्वपाका मन्त्री र सांसद (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको बैठकमा

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई