नेता गिरिको अन्तिम संस्कार आश्रममै गर्न बस्तीपुरवासीको माग « Khabarhub

नेता गिरिको अन्तिम संस्कार आश्रममै गर्न बस्तीपुरवासीको माग


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान- नेपाली कांग्रेसका नेता प्रदीप गिरिको जन्मस्थल सिराहाको बस्तीपुरका स्थानीयले उनको अन्तिम संस्कार गाउँमै गर्न आग्रह गरेका छन् ।

समाजवादी चिन्तनक गिरीको अन्तिम इच्छा गाउँकै आश्रममा होस् भन्ने रहेकाले उहाँको शव गाउँमै ल्याएर अन्तिम संस्कार गर्न बस्तीपुरवासीको आग्रह छ । “उहाँले हामीसँग भेट्दा जहिले पनि म मरेपछि मेरो अन्तिम संस्कार आश्रमै गर्नुहोला भन्नुहुन्थ्यो”, बस्तीपुरका ८० वर्षीय फेकु महतोले भने, “त्यसैले उहाँको शव गाउँमा ल्याउनुपर्‍यो, हामी उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन आतुर छौँ ।” उहाँलाई हामी गाउँमै सम्मानका साथ अन्तिम संस्कार गर्न चाहेका छौँ” उनको भनाइ छ ।

“प्रदीप बाबुभन्दा म कान्छो भए पनि बाल्यकालमा हामी सँगै खेल्थ्यौँ”, महतोले भने, “उहाँको निधन भएको खबरले असाध्यै पीडा भइरहेको छ, उहाँलाई अन्तिम दर्शन गर्ने हाम्रो इच्छा छ ।” त्यो इच्छा पूरा गर्न उनले सबैसँग आग्रह गरे ।

“प्रदीप दाइ हाम्रो गाउँकै अभिभावक हुनुहुन्थ्यो”, बस्तीपुर गाउँका चलितर साहले भने, “उहाँको यो समाजमा धेरै ठूलो योगदान छ, त्यो योगदानको सम्मान गर्ने हामीलाई मौका दिनुपर्छ ।” उहाँलाई हामी गाउँलेले ससम्मान अन्तिम संस्कार गर्छौ, साहको कथन छ । “हामीले उहाँको बुवा मित्रलाल गिरीको पनि गाउँमै अन्तिम संस्कार गर्‍यौँ, उनले भने, “हामी चाहन्छौँ, प्रदीप बाबुको पनि गाउँमै संस्कार गर्न चाहन्छौँ, हाम्रो त्यो चाहना पूरा हुनुपर्छ ।”

शान्त र शालीन स्वभावका व्यक्तित्व नेता गिरीले पुर्खौली गाउँ बस्तीपुर नजिकै खुट्टी खोलाको पश्चिम किनारमा आश्रम बनाएर बस्दै आएका थिए । सो आश्रममा रेखदेख गर्दै आएका स्थानीय रामकृष्ण चौधरीले भने, “प्रदीप दाइले कुराकानीका क्रममा मेरो अन्तिम संस्कार आश्रम मै होस् भन्ने इच्छा रहेको बताउनु भएको थियो, “त्यसैले पनि उहाँको यही नै अन्तिम संस्कार हुनुपर्छ भन्ने हाम्रो कुरा भनाइ हो ।” “उहाँको अन्तिम संस्कार गर्न हामी आतुर छौँ”, उनले भने, उनको शव गाउँमा ल्याइदिने वातावरण बनाइदिन उनले सबैसँग आग्रह गरे।

नेता गिरीको निधनमा शोकाकुल भएका गाउँहरू उनको राजधानीमै अन्तिम संस्कार हुने खबर पाएपछि थप पीडामा परेका छन्। “जन्मथलोमै उहाँ अन्तिम संस्कार गर्दा हामीलाई पनि न्याय हुन्थ्यो”, आश्रममै बस्दै आउनुभएका जितनीदेवी रामले भने, “उहाँ हाम्रो अभिभावक हुनुहुन्थ्यो, त्यसैले उहाँको अन्तिम दर्शन हामीले गर्न पाउनुपर्छ । हामीलाई त्यो अधिकारबाट वञ्चित गराउनु हुँदैन”, उनले भने।

समाजवादी चिन्तनका नेता गिरीको निधनले उनको गाउँ बस्तीपुर शोकमा डुबेको छ । विसं २००४ मा जन्मिएका गिरी विसं २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । उनी गत २०७४ सालको निर्वाचनमा सिराहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।

नेता गिरीको शोकमा सिराहाको लहान नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । आफूहरूले मत दिए जिताएका अभिभावक गिरीको उपचार काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भइरहँदा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्थानीयले हिजो बिहानैदेखि गाउँमा भजन कीर्तनसमेत गरेका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ५ : ०५ बजे

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

काठमाडौं – म्यानचेस्टर सिटीले एएफए कपको उपाधिमा जितेको छ ।

लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु

सिरहा – यहाँको लहान नगरपालिकाभित्र रहेका २० हजार ५७७ घरपरिवारमध्ये

आईपीएल : गुजरातलाई कोलकाताले दियो २४८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

भक्तपुर – ‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ आज

विभिन्न स्थानमा आगलागीबाट लाखौँको धनमाल नष्ट

काठमाडौं – देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल जलेर