महिलाको नाममा घरजग्गा कारोबार गर्ने बढे « Khabarhub

महिलाको नाममा घरजग्गा कारोबार गर्ने बढे


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङमा महिलाको नाममा घरजग्गा कारोबार गर्नेको संख्यामा वृद्धि भएको छ । मालपोत कार्यालय लमजुङकाे रेकर्डअनुसार महिलाको नाममा घरजग्गा किनबेच गर्नेको संख्यामा वृद्धि भएको छ ।

महिलाको नाममा घरजग्गा किनबेचमा २.५ प्रतिशत छुटको व्यवस्था भएसँगै यो संख्यामा वृद्धि भएको हो ।

आर्थिक वर्ष ०७८/७९ मा जिल्लामा दुई हजार नौ सय १९ जनाले घरजग्गाको कारोबार गरेकोमा एक हजार एक सय ३६ जना महिलाको नाममा कारोबार भएको छ । यस्तै, आर्थिक वर्ष ०७७/७८ मा एक हजार आठ सय ८२ जना महिलाको नाममा घरजग्गाको कारोबार भएको मालपोत कार्यालय लमजुङका प्रमुख ईश्वरकमल श्रेष्ठले बताए ।

सरकारले महिला, दलित, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा नाबालक, सहिद परिवार, उद्योगधन्दालगायतका शीर्षकमा जग्गाको स्वामित्व लिँदा रजिस्ट्रेसन दस्तुरमा छुट दिने व्यवस्था गरेको छ ।  महिलाको नाममा स्वामित्व हुने गरी जग्गा पास गरे २.५ प्रतिशत छुट दिने व्यवस्था छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ५ : ४९ बजे

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र

फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको

आज २०८३ साल असार २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २० गते शनिबार सन् २०२६

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त